स्तम्भ : ह्याँती गर्ने कुरा
एम.एल. ओली
एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारी साधनद्वारा जाने कार्यलाई यात्रा भनिन्छ । यो यात्रा विभिन्न उद्देश्य बोकेर गरिन्छ जस्तै ः पर्यटक बनी घुम्मघाम्म, डुल्लडाल्ल, हेरफेर, भ्रमणस्रमण आदि गर्नु यात्रा हो । तमाईको धार्मिक उद्देश्यले तीर्थ गर्नु धार्मिक पर्यटन, सांस्कृतिक उद्देश्यले घुम्नु सांस्कृतिक पर्यटन, प्राकृतिक वस्तु लुक गर्नु दृश्य पर्यटन, गुड्ने र उड्ने सवारी साधन बुक गरी सवारी पर्यटन भनिन्छ । तमाइको तीर्थवर्त, देवदेवीको उत्सव, मेला, जात्रा, देश प्रदेशको साइत प्रस्थान गर्नुलाई पनि यात्रा भनिन्छ । यो पनि मान्सको दर्जा, स्तर र क्षमतानुसार फरक हुने ठर्यो । तमाइका ठूलाबड्डा र ठूली बड्डिया यात्रालाई भ्रमण, अन्त्तरीयाकोलाई यत्रा र पछेट्टाकोलाई उत्रा नभनी घुम्फिर भन्दो रहच भन्नु हुन्च । कैलेकाँई लट्पट्टिने जिब्राले तलमाथि बनायो भने ठरै पार्यो । तमाइको तीनोटै आधारभूत आवश्यकता खोस्सिन सक्छ । पैलो र दोस्रोले खास्सै अस्सर नर्पाला तेस्रो खोस्सियो भने ता शतुरौं साद्नु कुक्रौ पाद्नु बनायो । जिब्रो छ भन्दैमा प्याच्च प्याच्च बोल्नेलाई पोल्लेल्च । त्यइभइन ठूल्ठाल्या मुक्ति ओट खोली वरै लुक्नु भन्दा ओट कसी पर पुग्नु बेस् ।
संसारको सबैभन्दा सुन्दर देशका नागरिकहरू अर्काको भूमीमा कोच्चिन तछारमछार गर्दैछन् भन्ने सुनिकन तमाइको कुरुप देशका बासिन्दाले सुन्नुपर्दा जिब्रो टोक्चन रे । चाया जिब्रो टोकोस् चाया ओट टोकोस् चाय तमाइको नाक्चो टोकोस् विदेशको यात्रामा जान पाया ता ? यात्रामा धाउँनेहरू बेरोजगारी भन्दा रोजगारी वाला बर्ता भेटिन्चन् भन्नु हुन्च । रोजगार वालामा पनि तल्लो छाँउलीया भन्दा तमाइको उपल्लो छाँउलीया बर्ता छन् । त्यसको लागि विभिन्न रङ्ग रातो, सेतो, कालो, प्याँलो, निलो, हर्रियो को भिक्सा लाउने गरेका छन् । त्याँ जानेहरूले आँपूm मात्रै नभइकन माइती पट्टिका सात पुस्ता र इष्ट पट्टिका पाँच पुस्तालाई सङ्ङै लग्नुपर्ने रह्च भन्नु हुन्च । त्यसो नगरे तमाइका आफन्तीहरू तातो भुप्रो र चिसो खराँनी घसेल्छन् । उतापट्टिको यात्रामा जान पल्केका तमाइको देशका नागरिकहरू यतापट्टि बस्न मान्दै मान्दैनन् भन्नु हुन्च । जिन्दगी भर आफ्फैले निम्तो माङेर देश विदेशको यात्रा गर्नु सके कत्ता हो कत्ता फाइदा हुँने । वर्षौसम्म चाक्करी गरेको भन्दा एकपल्ट विदेशको यात्रा गर्नेले तेस्रो पुस्तालाई समेत पुग्ने द्रव्य हात पार्छ रे । कनिष्टको पालो आओस् या नआओस् चायको बखत वरिष्ठले ठाउँ पाउँनैपर्छ । यदि त्याँ जाने मौका र अवसर नमिले यो जुनी मात्र नभइकन तमाइको सातजुनीसम्म पुग्ने सत्तोसराप लाग्ने खतरा हुँन्छ । त्यत्रो जोख्खिम मोल्नु भन्दा उत्तै खेद्नु जात्ति होला भन्नु हुन्च ।
नगर्ने भन्ने होइन, तमाइको यात्रा सबैले गर्नुपर्छ । कोले काँ, कैल, कति यात्रा गर्यो यसको रिकट यात्रा मन्त्रालयमा होला नहोला ? त्यतापट्टि नलागिकन अर्कापट्टी लाग्नु जात्ति होला । होइन र ? तमाइको यात्राबाट कसैलाई यात्राबाट अचाक्ली लाब मिल्न सक्छ । जुगजमानाले सिकानुसार जता काफल पाक्छ उतै चरी नाँच्नु पर्ने हो । त्यसो नभइकन यो चरो जताजता आक्चे काफल त्यतै त्यतैतिर डुल्छ भन्नु हुन्च । त्यसो किन गर्छ भन्न ठानेको ता यसको आफ्नै लक्ष्य र उद्देश्य रैछ अब बुज्नेलाई श्रीखण्ड नबुज्नेलाई क्याजत्याउ वीर भन्दाइनी । निम अनुसार तमाइको यात्रा र जात्राबाट धेरै कुरा मिल्नु पर्ने हो । त्यसको लागि सइ कदम चालेमा कलो, खलो र गलो सुद्रिन्थ्यो होला । मौका चानस पर्यो भने व्यापार व्यवसाय पनि फसिष्टने । तमाइको ज्यान कष्टिए पनि व्यपार फष्टियो भने ता कोले भेट्न सक्छ र ? अरु भन्दा अगारी जानै पर्यो, ट्याँइ फ्याँई गर्नै पर्यो, घरबारलाई दरबार बनाउँनै पर्यो, अरु झारीमा पर्दा आँपूm कारमा चर्नै पर्यो, कसैले दारा कस्दा आँखा तर्नै पर्यो, सन्तानलाई पुग्नेगरी ढुकुटी भर्नै पर्यो । यात्राको लाति अर्थको समेत कार्यभार समालेकी गुह मन्त्रीलाई भारा माङ्दा दारा बजाउँछिन् । दाराको संगीतमा यस्तो धुन सुनिन्छ ः यात्रा गर्ने यात्री बुढा कुन ठाउँ यात्रा गर्छौ, अरु सबै माथि चर्दा तिमी तल झर्छौ । मन्त्रानीको गानाले सारै भावुक बनायो । भावुक मात्र हो र ? तमाइका दारा बजाउँदा ओट ठुन्केला र म्वाई चाट्ने हराउला भन्ने चिन्ताले काबुक बनायो । यो यात्राले ब्याङ्कमा थुपार्ने ता कुरै नसोच्नोई तमाइको हग्ने घरमा थुपार्ने आँन्न भन्नु हुन्च ।