सत्य बटाला
रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा कर्मचारीको अभाब भएको छ । नगरपालिकाद्धारा संचालित उक्त २५ शैयाको नगर अस्पतालमा इमेरजेन्ेिस कक्षमा काम गर्ने स्वास्थ्यकर्मि नहुदाँ चेकजाँचमा समस्या भएको छ । इमेरजेन्ेिस कक्षमा काम गर्ने स्वास्थ्यकर्मी नहुँदा अस्पतालका ल्याव टेक्निसियनले नै इमरजेन्सि तथा ओपिडि कक्ष हेर्दै आएका छन । इमरजेन्सि र ओ.पि.डि कक्ष हेर्दै आएका एक जना स्वास्थ्यकर्मीले हेल्थ असिसटेन्ट पदमा नाम निकालेर अन्यत्र गएका कारण ल्याव टेक्निसियन सिर्जना बिष्टले इमरजेन्सि र ओ.पि.डि कक्ष हर्नु पर्ने बाध्यता रहेको अस्पताल प्रमुख डा.दिलशाही रोकाले बताए । उनका अनुसार नगरपालिकाले कक्षमा आवश्यक कर्मचारी भर्ना नगर्दा यस्तो समस्या भएको हो ।
फेसबुक प्रतिक्रियाहरु
