सर्जना कार्की
प्रदेश नम्बर ५ का प्रहरी नायव महानिरीक्षक डिआईजी पिताम्बर अधिकारीले समाजमा हुने अपराध र बिकृतिलाई न्यूनिकण गर्ने हो भने जति सक्यो धेरै त्यस्ता घटनाहरु बाहिर ल्याउनुपर्ने बताए छन । घटेको घटना लुकाएर राख्दा अपराधीहरुको मनबल झन बढेर त्यस्ता घटनाहरु फेरीफेरी बढ्ने भएका करण त्यसलाई बाहिर ल्याएर कानुनी भागेदार बनाउनु नै महत्वपुर्ण हुने उनको भनाई थियो ।
सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रुकुम पूर्वको रुक्मिणी माध्यामिक विद्ययालय रुकुमकोटमा आयोजना गरिएको प्रहरी विद्यालय सम्पर्क कार्यक्रममा बोल्दै डिआईजी अधिकारीले यस्तो कुरा बताएका हुन ।
प्रहरी एक्लैको प्रयासले यी काम सफल नहुने भन्दै बुद्धिजिवि, जनप्रतिनिधी, राजनितीक कार्यकर्ता लगायतका सबै यसमा साझेदारी गरेर लाग्नुपर्ने समेत सबैमा आग्रह गरे । ‘अपराधिक गतिविधिले विकासमा समेत बाधा पुगेको छ, सरकारको विकास र समृद्धिमा लगाउनुपर्ने ध्यान शान्ति सुरक्षामा लगाउनु परेको छ’ उनले भने, ‘समाजमा धेरै घटना घटाउने प्रमुख कारणमा अत्याधिक मदिरा प्रयोग पनि छ, अहिले १६ वर्षभन्दा मुनिका बालबालिकाहरु पनि यसैबाट पिडित छन, त्यसकारण यसको न्यूनिकरण गर्न सबै जुट्नेपर्छ ।’ सबै खालका अपराधहरु न्युनिकरण गर्न विद्यालयबाटै सचेतना फैलाए संभव भएको भन्दै प्रहरी अहिले त्यसकै लागि बिद्यालय, स्थान्ीय तह र समुदायसंग सहकार्य गरेर देशब्यापी कार्यक्रमहरु गरिरहेको पनि उनको भनाई थियो ।
