सर्जना कार्की
रुकुमकोटमा नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति रुकुम (पूर्व)ले शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएको छ । शुक्रबार शिक्षक महासंघले पेशागत र शैक्षिक सुधारका मागहरु राख्दै शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना तथा विरोध सभा गरेका हो ।

संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धि हकको व्यवस्था अनुसार सबैलाइ आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामीक तहसम्मको शिक्षा निशुल्क गर्ने कुरा व्यवहारमा लागु गरिनुपर्ने, शिक्षक सेवा आयोगलाइ वैधानिक रुप दिनुपर्ने, शिक्षक काउन्सिल व्यवस्था गर्नुपर्ने, शिक्षक सस्था र सरकारबिच भएका विगतका सबै सहमती सम्झौता लागु गरिनुपर्ने, बिद्यालय कर्मचारीका तहगत दरबन्दि सृजना गरी सोही अनुशार पारिश्रमिकको व्यवस्था गरिनुपर्ने, राष्ट्रिय मर्यादाक्रमको सुचिमा विद्यालय शिक्षकको मर्यादाक्रम समावेश गरीनुपर्ने लगाएतका मागहरु राख्दै धर्ना तथा विरोध सभा गरेका छन् ।

धर्ना तथा विरोध सभामा बोल्दै शिक्षक महासंघ प्रदेश नम्बर ५ का सचिव मोहन केसीले आन्दोलन रहरको विषय नभइ बाध्यताको उपज भएको बताए । शिक्षकहरुमाथी धेरै नै विभेद गरिएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto