चौतारा मेलामा पिङ भाचिदा ४ जना घाइते

Byआहा सञ्चार

२०७५ कार्तिक २९, बिहीबार १४:२८ गते

सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाचिदा चार जना घाइते भएका छन । घाइते हुनेमा आठविसकोट नगरपालिका ४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका ११ गोइरीकी १४ वर्षीया दिपा सिंह र नलगाड नगरपालिका ८ हलचौरका ९ वर्षीय लोकेन्द्र खत्री रहेका छन ।
घाइतेहरु मध्य कालि बहादुर बिक र लोकेन्द्र खत्रीको अबस्था गम्भीर रहेको छ । घाइतेहरुको अहिले नगर अस्पताल आठविसकोट नगरपालिका ९ राडीमा उपचार भैरहेको छ । गम्भीर घाइते कालिबहादुर विकले नै उक्त पिङ सञ्चालन गरेका थिए । घाईतेमा हुनेमा पिङबाट खस्ने र पिङको तल बसेका स्थानीयहरु पनि परेका हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto