जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत ४८ घण्टे तालिम समापन गरिएको छ । भूमे गाउँपालिका न्यायिक समितिलाई तालिम दिएको थियो । कात्तिक १३ गते देखि सुरु गरिएको एक हप्ते तालिम सोमबार एक कार्याक्रमका बिच समापन गरिएको छ । तालिमको आर्थिक सहयोग भूमे गाउँपालिकाको रहेकोमा संयोजन ग्रामिण बिकास सुधार संस्था खलंगा र सामुदायिक बिकास मेलमिलाप नेपाल ललितपुरले सञ्चालन गरेको हो । तालिम सामुदायिक बिकास मेलमिलाप नेपालका प्रशिक्षक नयन भक्त श्रेष्ठ र ग्रामिण बिकास सुधार संस्थाका सचिव टेक बहादुर खड्काले सहजिकरण गरेका थिए ।

तालिममा मुलुकी देवानी ऐन भित्रका कानून सम्बन्धी मेलमिलाप तालिम दिइएको सामुदायिक बिकास मेलमिलाप नेपालका प्रशिक्षक नयन भक्त श्रेष्ठले बताए । घरेलु हिंसा, बाल विवाह सम्बन्धी उजरी, सम्बन्ध विच्छेद लगायतको उजरीलाई समाधान गर्न पाउने अधिकार स्थानीय तहका न्यायिक समितिले पाएको हुनाले देवानी ऐन सम्बन्धी तालिम दिएको प्रशिक्षक श्रेष्ठको भनाई छ । समापन कार्याक्रममा भूमे गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मनकुमारी बुढा विष्टले आफ्नो भनाई राख्दै निष्पक्ष नेपाल सरकारको देवानी ऐन अनुसार न्यायिक समितिले नागरिकको उजरी अनुसार मेलमिलाप तवरले न्याय दिने बताईन । यदि आज भोली पनि कुनै व्यक्ति न्याय पाइराख्नु भएको छैन भने छिटै न्यायिक समितिमा उजरी दिन समेत संयोजक बुढा विष्टले बताईन । समापन कार्यक्रममा भूमे गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मनकुमारी बुढा विष्टको अध्यक्षता रहेको थियो । प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर अन्य अतिथिहरुमा तालिमका प्रशिक्षक नयन भक्त श्रेष्ठ, टेक बहादुर खड्का वडा अध्यक्ष, वडा सदस्य लगायतको आथ्यता रहेकोमा सञ्चालन १ नम्बर वडा सदस्य नविन्द्र पुनले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto