आहा संचार संबाददाता
रुकुम पुर्व सिस्ने गाउँपालिकाका युवाहरुले गाउँपालिकामा हुने काम कारबाहीमा असन्तुष्ट व्यक्त गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको बिषय प्रचारबाजी मात्र भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी छिन । केहि दिन अघि गाउँपालिकामा हुने काममा अनियमितता भएको, कुनै पनि आयोजनाको उपभोक्ता समिति गठन गर्दा एकलौटि रुपमा गठन गरेको र एक व्यक्ति धेरै समितिमा राखिएको जस्ता काम प्रति असुन्तुष्ट ब्यक्त गर्दै स्थानीय युवाहरुले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा गाउँपालिकाको प्रशासनिक काममा सेवाग्राहिलाई कर्मचारीले दुख दिने गरेको र सेवा सुधार नभएर सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिईएको थियो ।

तर यस बिषयमा प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्षले बरालले ज्ञापनपत्र बुझाउने केहि ब्यक्तिहरु नै गलत कामलाई प्रशय दिईरहेको बताईन । ‘जसले एउटै ब्यक्ति धेरै उपभोक्ता समितिमा राखियो, गाउँपालिकामा अनिमियतता भयो भनी भनेका छन त्यो आरोप मात्र हो ’ आहा संचार संग टेलिफोनमा कुरा गर्दै उनले भनिन, ‘कागतप्रमाण नपुगेर कसैलाई पनि गाउँपालिकाले भुक्तानी दिन सक्दैन, यो कर्मचारीले दुख दिएको कुरै होईन, प्रचलित कानुन अनुसारको काम हो ।’ गाउँपालिकाको कामप्रति असन्तुष्टि ब्यक्त गर्ने उक्त केहि ब्यक्तिहरुले गाउँपालिका कर्मचारीलाई प्रकृया नपुरयाएर जबरजस्त भुक्तानी तथा योजना स्वीकृत बनाउन दबाब दिएको र उक्त काम कर्मचारीहरुले नगरिदिएपछि ज्ञापनपत्रको प्रचारबाजी गरेको उनको भनाई छ ।

अघिल्लो ज्ञापनपत्रको समाचार

युवाहरुले बुझाए गाउँपालिकामा ज्ञापनपत्र

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...