सर्जना कार्की
रुकुम पूर्वको भुमे गाउँपालिका ६ धरमशालाकी जेष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन । नागरिकता पाउँदा उनी निकै खुसि छिन । उनि भन्छिन, ‘डाडाँमाथि गएको घाम जस्तो यो उमेरमा आएर नागरिकता पाउछु होला भन्ने त सोचेकै थिएन ।’ नागरिकता नभएकै कारण सामाजिक शुरक्षा भत्ता पनि उनले पाएकी थिईनन् ।

सजिलै हिडडुल गर्न तथा सदरमुकाम सम्म पुग्न गाह्रो हुने यो अवस्थामा गाउँघरमा नागरिकता घुम्ति शिविर संचालन गरेको भन्दै सोही ठाउँका शारीरीक अपाङ्ग सुर्य वुढाले खुसी व्यक्त गरे । उनीहरु दुबैले शिविर मार्फत नागरिकता प्राप्त गरेका हुन । यसह कार्तिक १७ गते शनिबार भुमे गाउँपालिका ६ धरमशालामा नागरिकता वितरण सम्बन्धी एक दिने घुम्ति सेवा शिविर संचालन गरिएको थियो । शिविर मार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मीत्रलाल शर्माले जानकारी दिए । जसमा महिला २४ र परुष ११ रहेका छन् । जसमा एक जना अपाङ्ग रहेका छन् । नागरीकता वितरण सँगसँगै उनीहरुले मतदाता नामावली समेत भरेका छन ।
गाउँटोलमा आएर नागरिकता वितरण गरेको भन्दै धरमशालाबासीले खुसी व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अन्य ठाउँमा पनि नागरिकता पाउनबाट बञ्चित धेरै नागरिकहरु भएको भन्दै यो कामलाइ निरन्तरता दिने बताए ।
गाउँपालिकाका अन्य नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गर्न पहल गरिने भुमे गाउँपालिका अध्यक्ष रामसुर वुढामगरले बताए । रुकुम पूर्व प्रदेश नम्बर ५ को एकमात्र हिमाली जिल्ला हो । यहाँका दुरदराजका बस्तिबाट सदरमुकाम पुग्न कम्तिमा पनि ३ दिन पैदल हिड्नुपर्छ । जिल्लाका कोही पनि नागरीक नागरीकता पाउनबाट बञ्जित नहोउन र सिंह दरबारको सेवा सुविधा गाउँघरमै आएको अनुभुति गरुन भन्ने उदेश्यले सार्वजनिक विदाको दिनमा पनि शिविर संचालन गरेको प्रजिअ शर्माले बताए । ‘हरेक सार्वजनिक विदाको दिनमा तालिका बनाएर नागरिकता शिबिर चाहना र माग अनुसार जिल्लाका सबै ठाउँमा पुग्ने छु ।’ प्रजिअ शर्माले भने ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto