आहा संचार संबाददाता
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्बद्धन सम्बन्धी छलफल गरिएको छ । बिश्व खाद्य कार्यक्रम (डब्लु.एफ.पी)को आर्थिक सहयोग तथा एकीकृत विकास समाज नेपाल (आइ.डि.एस–नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्बद्धन कार्यक्रमलाई थप ब्यबस्थीत र प्रभावकारी बनाउन छलफल गरिएको हो ।
कार्यक्रम शनिबार मुसीकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । नगर प्रमुख देबीलाल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक बिनाराम खड्का, वडा नम्बर ५ का अध्यक्ष शुसिल गौतम, ८ का अध्यक्ष बुद्धिप्रसाद बुढा, ९ का अध्यक्ष नबिन ओली, १० का अध्यक्ष गोप्यश्वर केसी, वाल कल्याण शाखाका वाल संरक्षण अधिकृत मानबिर ओली, बिश्व खाद्य कार्यक्रम (डब्लु.एफ.पी) रुकुम (पश्चिम)का फिल्ड संयोजक चक्रबहादुर जिसी, आइ.डि.एस–नेपालका जिल्ला सरसफाइ अधिकृत लगायतको सहभागिता रहेको थियो । बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्बद्धन कार्यक्रम हाल जिल्लाका अन्य स्थानीय तहहरुसँगै मुसीकोट नगरपालिकाका ७ वटा बिद्यालयमा लागु गरिएको बताइएको छ ।