सर्जना कार्की
रुकुम पुर्व सिस्ने गाउँपालिकाका युवाहरुले गाउँपालिकामा हुने काम कारबाहीमा असन्तुष्ट व्यक्त गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकामा पुगेर युवाहरुले गाउँपालिका अध्यक्ष कुमारी बराललाई ज्ञापनपत्र बुझाएका हुन ।
गाउँपालिकामा हुने काममा अनियमितता भएको, कुनै पनि आयोजनाको उपभोक्ता समिति गठन गर्दा एकलौटि रुपमा गठन गरेको र एक व्यक्ति धेरै समितिमा राखिएको जस्ता काम प्रति असुन्तुष्ट रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिकाको प्रशासनिक काममा सेवाग्राहिलाई कर्मचारीले दुख दिने गरेकाले ज्ञापन पत्र बुझाएको स्थानीय तिलक रेउले बताए । आफुहरुको सल्लाह सुझाव सहितको ज्ञापन पत्रको सुनुवाई गरिएन भने सशक्त आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष बरालले युवाहरुको माग राम्रो भएको र क्रमस गाउँपालिकाको काम कारबाहीमा सुधाार गर्दै लैजाने बताईन ।
फेसबुक प्रतिक्रियाहरु