सन्देश जैसी
रुकुम पश्चिमको चौरजहारीमा आज देखि पलाष्टिक सर्जरी शिबिर सुरु भएको छ । जन्मजात ओठ तथा तालुफाटेका, आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिर संकुचन भएका व्यक्तिहरुको लागी निशुल्क शल्यक्रिया शिविर संचालन गरिएको हो ।
चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कल्यानकारी अपांग सेवा संघ सल्यान र स्थानीय सिविआरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राविधिक सहयोगमा शिबिर संचालन गरिएको हो । शिबिर ३ दिन सम्म चल्ने छ । शिविरमा पलाष्टिक सर्जन डा. मंगल घर्तिमगर, डा. विनोद कर्ण लगाएत १० जना स्वास्थ्यकमीहरुको टोली खटेको आयोजकले वताएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम, सल्यान र जाजरकोट जिल्ला आसपासका विरामीहरुले उक्त शिबिरबाट लाभ लिनेछन ।
फेसबुक प्रतिक्रियाहरु