आहा सञ्चार संबाददाता
चलचित्र ‘बुलबुल’को लोकलयमा आधारित गीत ‘खुद्राखुद्री’ रिलिज भएको छ । निर्माण टीमले चलचित्रको पहिलो गीत ‘खुद्राखुद्री’ ‘फ्ल्यास मोब’ शैली अपनाएर आज रिलिज गरेको हो । गीत काठमाडौको काठमाडौँ मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज भएको हो । गीत रिजिल स्थानमा आज कलाकार तथा स्थानीयहरु रमेर नाचेका छन । चलचित्र ‘बुलबुल’मा अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा हुनेछन ।

निर्माता अविरल थापाका अनुसार चलचित्रको गीतमा काठमाडौँ बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौँको काठमाडौँ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले नै अरूसँगै नाच्नेका छन । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक भएको छ । ‘यो शैली सम्भवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमै नौलो प्रयोग भएको हाम्रो दाबी छ’ निर्माता थापाले भने । ‘खुद्राखाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खड्काको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ । युट्युब हेर्नुहोस यस्तो गीत

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto