डिजीले गर्यो तालिम सञ्चालन

Byआहा सञ्चार

२०७५ कार्तिक १५, बिहीबार १५:५९

फलिराम बिश्वकर्मा
मुसिकोट
बेरोजगार युवापुस्ताको क्षमता अभिवृद्धिका लागी डि.जी. फाउन्डेसन प्रालिले ७ दिने प्रस्तावना लेखन तालिम संचालन गरेको छ । मुसिकोट नगरपालिका ५ सेरिगाउँमा शुक्रबारदेखी सञ्चालन गरेको छ । बढ्दो बेरोजगारको समस्यालाई मध्यनजर गर्दै केहि हदसम्म भएपनि युवापुस्तालाई क्षमतावान र आत्मविश्वासी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको व्यवस्थापक पुष्पा चौधरी बताईन । यस तालिम पश्चात वर्तमान बेरोजगार युवापुस्ताले योजना तर्जुको कामहरु सहजै गर्न सक्ने विश्वास पनि उनले व्यक्त गरिन । तालिमको सहजिकरण जिल्ला वन कार्यालयका सहायक वन अधिकृत शेर बहादुर परियारले गरेका थिए ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto