आहा संचार संबाददाता
हर प्रहर गाउँ नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ रुकुम पुर्वमा पनि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबरदेखी शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आइतबार रुकुमकोटमा औपचरीक रुपमा कार्यक्रम उद्धघाटन गरेको हो ।
गृह मन्त्रालयको केन्द्रिय कार्यक्रम अनुसार रुकुम पूर्वमा प्रहरीले हरेक स्थानिय तहसँग सहकार्य गरेर अभियान सञ्चालन गर्ने बताएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम हरेक पालिका, वडा, टोल, बालक्लव, महिला समुह, आमा समुह, विभिन्न विद्यालय सम्म पुग्ने प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । समाजमा हुने गरेका विभीन्न घटना तथा विकृतिहरुलाइ बाहिर ल्याउन स्थानियको महत्वपुर्ण भुमीका रहेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताईन ।

election adv.

प्रहरीको यो अभियानलाइ स्थानिय तह सबैले साथ दीनुपर्ने प्रमुख जिल्ला अधिकारी मीत्रलाल शर्माले बताए । प्रहरी एक्लैले सबै काम गरोस भन्ने भावनालाइ सबैले त्यागी एक भइ अगाडी बढ्नुपर्ने जिल्ला समन्वय समीतिका प्रमुख गजेन्द्र बहादुर ओलीले बताए । प्रमुख जिल्ला अधिकारी मत्रिलाल शर्माको संयोजकत्वमा २३ सदस्य समुदाय प्रहरी जिल्ला समीति गठन गरीएको छ भने सिस्ने गाउँपालिकाले गाउँपालिका अध्यक्ष कुमारी बरालको संयोजकत्वमा १९ सदस्य समुदाय प्रहरी पालिका समीति गठन गरीएको छ । अन्य पालिकामा पनि यो कामलाइ निरन्तरता दीइने प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिए । प्रनाउ लोकनाथ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समीति प्रमुख गजेन्द्र बहादुर वलिको प्रमुख उपस्तिथी रहेको थियो । यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मीत्रलाल शर्मा, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबरधन वुढा, खड्ग दल गनका सेनानी अमीतजङ शाह, शसस्त्र प्रहरी नायव निरीक्षक मोहन निरौला, राष्ट्रिय अनुसन्धान अधिकृत शुक्रराज जोशी, प्रहरी निरीक्षक रमेश विष्ट लगायत शिक्षक, वुद्धिजिवी, कर्मचारी, राजनितीक दलका प्रतिनीधि, पत्रकारको उपस्तिथी रहेको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक दीवाकर रीजालले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto