सर्जना कार्की
हाम्रो हात नेपालले रुकुम पुर्व शाखा बिस्तार भएको छ । रुकुम पुर्वमा ४४ औ जिल्लाको रुपमा शाखा बिस्तार गरिएको हो । जिल्लामा भएका कृषकहरूसँग सहकार्य गरेर जिल्लालाई अर्गानिक कृषि उत्पादनमा अगाडि बढाउन र उत्पादित चिजबस्तुको मूल्य निर्धारण बजार व्यवस्थापन गर्ने उदेश्यले रुकुम पुर्वमा पनि हाम्रो हात नेपालको शाखा विस्तार गरिएको हाम्रो हात रुकुम पुर्वका संयोजक गोबिन्दराज पान्डेले बताए । यस सस्थाले काम गर्दै गर्दा वडाबाट हुन सक्ने सबै खालको सहयोग गर्न आफू तयार रहेको सिस्ने गाउँपालिका ५ का वडा अध्यक्ष शान्त बहादुर विकले बताए ।

election adv.

हाम्रो हात रुकुम पुर्वका संयोजक गोविन्दराज पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शान्त बहादुर विकको प्रमुख उपस्तिथि रहेको थियो । यसैगरी कार्यक्रममा हाम्रो हात सल्यानका संयोजक प्रेम वलि, जिल्ला पशु कार्यालय रुकुम पुर्वका प्राबिधिक आशिस बिसि, हाम्रो हात रुकुम पुर्वकी कोषाध्यक्ष प्रतिभा बोहोरा केसि लगायत हाम्रो हात रुकुम पुर्वका सदस्यहरुको उपस्थिति रहेको थियो । हाम्रो हात रुकुम पुर्वका सहसचिव गणेश केसिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचीव लोकमणी गौतमले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto