पबित्रा खड्का
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १ को कार्यालयले हिन्दु नेपालीहरुको महानपर्ब बडा दसैं तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदनप्रदान कार्यक्रममा सचेतनामुलक सन्देशहरु पनि दिईएको छ । चाडपर्बमा बजार र गाउघर क्षेत्र भित्र बढी फोहर मैला होहल्ला जाड रक्सिको कारोबार र जुवातास खेल्ने घटना हुन सक्ने भन्दै कसैले गैरकानुनी रुपमा त्यस्तो गरेमा कारबाही गरिने बताइएको छ । लाईसन्स भएकारुहले मात्र मदिराको व्यवसाय गर्न र राती अबेर सम्म मदिरा सेवन गरि होहल्ला नगर्न ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश चन्द गुप्ताले अनुरोध गरे । उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम सुनारले चाडपर्ब शान्तिपुर्ण तरिकाले बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । १ नम्बर वडाको बिभिन्न ठाउँमा रहेको फोहर संकलन गरेर बजार तथा सडक समेत सफा पारिएको थियो ।
