सर्जना कार्की
रुकुम पुर्व भुमे गाउँपालिकामा बजार अनुगमन गरिएको छ । बजार अनुगमनबाट १ लाख २० हजार बराबरको म्याद गुज्रिएको सामान बरामद गरि नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार साहले जानकारी दिए । दशैमा हुने महङ्गि तथा कालोबजारी रोक्नको लागि बजार अनुगमन गरिएको बताइएको छ । जिल्ला प्रशासन, जिल्ला समन्वय, जिल्ला जनस्वास्थ्य, उद्योग बाणिज्य संघ इलाका प्रहरी काक्रीको टोलिले बिहिवार भुमे गाउँपालिकाको मुख्य बजारहरु वडा नम्बर २ को कांक्रि बित्रेणी, खावाङ, ३ को सिसाघारीमा अनुगमन गरिएको हो । जम्मा ४५ ओटा पसलमा अनुगमन गरिएको थियो । ती सबै पसलमा म्याद गुज्रिएका सामान भेटिएका थिए ।

अनुगमनको क्रममा सबै पसलहरुमा साइनबोर्ड नराखिएको, नविकरण नगरेको, व्यवसाय दर्ता नगरेको, सामान व्यवस्थित नभएको, मुल्य सुची नराखिएको पाइएको छ । बेलाबेलामा बजार अनुगमन भईरहने र यी सबै प्रक्रियाहरु पूरा गर्न पनि व्यापारिहरुलाई सल्लाह सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी साहले बताए । अनुगमनकै क्रममा उद्योग बाणिज्य संघले ५ वटा पसल नया दर्ता र ७ ओटा नविकरण गरेको रुकुमकोट उद्योग बाणिज्य संका अध्यक्ष यज्ञ प्रकाश मल्लले जानकारी दिए । त्यसैगरी जिल्ला प्रशासनले ७० बर्षिय १ विधवा महिलाई र अन्य ४ गरि जम्मा ५ जनालाई नागरिकता वितरण गरेको छ । ७० वर्षीय वृद्ध भुमे गाउँपालिका १ निवासी आसपुरी सुनारलाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारि साहले बताए । सदरमुकाम रुकुमकोटसम्म जान नसक्ने र गएर नागरिकता बनाउन पनि झन्झटिलो हुने भएकोले आफ्नै घरअगनमा आएर नागरिकता वितरण गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद पनि दिएकी छिन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto