सत्य बहादुर बटाला 
नेपाली काँग्रेस आठविसकोटले सहिद लोकेन्द्र बहादुर बटालाको २० आँै स्मृती दिवस मनाएको छ । विहिबार रुकुम पश्चिम आठविसकोटमा एक कार्यक्रमको आयोजना गरी सहिद बटालाको स्मृती दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पोडेलले अहिलेको दुइ तिहाई बहुमतको नेकपा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा मात्रै सिमित रहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “अहिलेको सरकार देश विकासमा लागी रहेको छैन । सरकारले जनताको लागी शान्ति सुरक्षा पनि काएम गर्न सकिरहेको छैन । ” उहाँले वलत्कार पछी हत्या भएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको विषयलाई लिएर पनि सरकारको आलोचना गर्नुभयो ।
नेपाली काँग्रेस जिल्ला सभापती प्रेम प्रकाश ओलीले स्थानिय सरकारले प्रत्येक विकासका कार्यमा भ्रष्टाचार गरेको आरोप लगाउनु भयो । अहिलेको सरकारले जनतालाई खुशी बनाउँने साटो पिडा माथी पिडा थपिदिएको भन्दै सरकारको कार्यप्रती कोही पनि जनता खुशी नभएको प्रकट व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र नं. १ का उम्मेद्धार बेद राज सिँहले नेपाली काँग्रेसले कहिल्यै पनि हार्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो “अबको नेकपा सरकारको कार्यकाल पछी जाजरकोट र रुकुम नेपाली काँगे्रसको पकट क्षेत्र हुने प्रकट व्यक्त गर्नुभयो । अहिलेको सरकारले व्यरोज्गार युवाहरुलाई रोजगारी दिन नसकेको भन्दै अहिले को सरकार व्यकामको सरकार भएको आरोप लगाउनु भयो । कार्यक्रममा सहिद बटालाको स्मरण गर्दै सम्पूर्ण अतिथीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापती धिरेनद्र कुमार बटालाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता प्रदिप पौडेल, कर्णाली प्रदेश सभा सदस्य जाजजरकोट क्षेत्र नं. १ का उम्मेद्धारा बेद राज सिँह ,नेपाली काँग्रेस जिल्ला सभापती प्रेम प्रकाश ओली, पुर्व पाटी सचिव हर्क बहादुर केसी, जिल्ला सदस्य सुरेनद्र विक्रम शाह, मोतिराम बुढा मगर, नेवि संघका केन्द्रीय सदस्य तारक के.सी.गंगाराम गौतम, सहीत लोकेन्द्र बटालाका छोरा तेजेन्द्र बटाला, महिला संघ जाजरकोटकी उपाअध्यक्ष सरिता सिंह, लगाएत अन्य प्रतिनिधीहरु पनि सहभागीता रहेको थियो । गंगाराम गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन आठविसकोट नगरपालिका वडा नंं. ९ का वडाअध्यक्ष तारक बहादुर शाहीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto