मोहन बुढाथोकी
बजार क्षेत्रमा संकलित फोहर डम्पिङ साईटमा लिएर फाल्नु पर्ने हो तर रुकुम पश्चिमको एक नगरपालिकाले नै संकलिन फोहर खोलामा बगाउने गरेको पाईएको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाले बजारमा संकलन भएको फोहर लिएर गिजागार खोलामा फाल्ने गरेको छ । आठबिसकोट नगरपालिका वडा न . ९ राडी बजारका बिभिन्न ठाँउबाट संकलन गरेर लिएको फोहर उक्त खोलामा फाल्दै आएको पाईएको हो ।
त्यस्तै केहि स्थानीयहरुले पनि घरघरमा संकलन भएको फोहर खोलाको बिचमा रहेको पुलमा लिएर गिजागार खालामा फाल्ने समेत गरेको पाईएको छ । यसरी बजारमा जम्मा भएको फोहर नगरपालिकाले सिधै लगेर खोला किनारमा फाल्ने देखि बजारमासी आफैले खोलामा लिएर समेत फोहर फालेपछि खोला दुर्गन्धित मात्र होईन फोहोरको थुप्रो समेत बढ्दै गएको छ । तर नगरपालिकाले भने आफुखुसि पुलबाट फोहर नफाल्न र फाले कारबार्ही हुने सार्बजनिक अपिल गर्दै आएको थियो । बजार बाट संकलन गरेर लिएको फोहोर खोलाको किनारामा फाल्ने र त्यही फोहोर पुन. खोलाले बगाएर बिभिन्न ठाउँमा लिएर थुपार्ने गरेको छ । कतै कतै नाली हुदै बजार देखि किसानको खेतबारीमा समेत लिएर थुपार्ने गरेको छ । उता नगरपालिकाले भने यो खोलाको निनारामा फाल्दै आएको फोहर अस्थाई रुपमा व्यवस्थापन रहेको बताएको छ ।
हालै प्रयाप्त मात्रामा डम्पिङ सेन्टरको लागी प्रसस्त जग्गा नभएका कारणले यस्तो गर्नुपरेको नगरपालिकाको भनाई छ । अबको केही समयमै जग्गा उपलब्ध हुने र त्यसपछी बजार बाट संकलन गरेको फोहोर त्यही ठाँउमा लिएर फाल्ने नगरपालिकाका नि.प्रमुख प्रसासकिय अधिकृत राम बहादुर केसीले बताए । उनका अनुसार डम्पीङ सेन्टरको लागी नेवारी खेतमा जग्गा खरिद भै सकेको र त्यही ठाँउ सम्म गाडी जाने ब्यबस्थाको लागी सडक समेत सर्भे भईसकेको छ । त्यसका साथै बजारमा फोहर संकलनका लागि राखेका डस्बिनहरु हराएपछि फोहर व्यवस्थापन पनि समस्या हुदै आएको छ ।