नेपाल जलस्रोतको विश्वमै दोस्रो धनि देश हो । हाम्रै देशमा कतिपय ठाउँ डुबानमै पर्ने गर्छ त कतिपय ठाउँमा पिउने पानीको समेत उचित व्यवस्था हुन सकेको छैन । पानी नपाएर अभाव हुनु स्वाभाविकै हो तर पानी भएरै पनि उचित व्यवस्थापन हुन नसक्नु भनेको चाहीँ दुखत कुरा हो । मुसिकोटकै सन्दर्भमा कुरा गर्ने हो भने पनि कतिपय ठाउँमा २४ सै घण्टा पानीआउने गर्दछ त कतिपय ठाउँमा साँझ बिहान मात्र पानी आउँछ । तर साँझ बिहान मात्रै आउने पानीले सम्पुर्ण खानेपानी उपभोक्ताहरुलाई प्रयाप्त मात्रामा नपुग्ने गरेको गुणासो स्थानीयबाट पाईन्छ । यस्तै सरसफाईको सन्दर्भमै पनि कुरा गर्ने हो भने बजार क्षेत्रका कतिपय घरहरुको शौचालयको पाईप व्यवस्थापन र अन्य फोहोर व्यवस्थापन प्रभावकारी नभएको गुणसो बेलाबेला उठ्ने गरेको छ । यस्तै सन्दर्भमा रहेर जिल्ला सदरमुकामको खानेपानी तथा सरसफाईको अवस्था प्रति तपाईको प्रतिक्रिया के छ भनि केहि स्थानीयलाई संवाददाता फलिराम बिश्वकर्माले लिएको जनमत ।

कृष्ण परियार, मुसिकोट ५ सेरिगाउँ  : हाम्रो क्षेत्रमा खानेपानीको समस्या छ । कहिले पानी आउँछ कहिले आउँदैन । पानी आएपनी साँझ बिहानमात्र आउने भएकाले खोसाखोसको स्थिती हुन्छ । कहिले त झन पानी भर्ने पालो नै नआएरै पानी सुक्ने समेत गर्छ । २४ घण्टा नै खानेपानी आउने भन्ने पनि गरिएको थियो त्यो घोषणा दुईतिन घण्टामा मात्र सिमित छ । सरसफाईको कुरा गर्ने हो भने कुनै(कुनै ठाउँमा भने फोहोर थुप्रिएको देख्न सकिन्छ । तर अहिले नगरपालीकाले पनि सरसफाई समिती गठन गरेर सरसफाईतिर अलिकति भएपनिजोड दिएकै छ ।

रवि बुढा, मुसिकोट १, पातुखोला : हामीलाई खानेपानीको समस्या खासै छैन । पातुखोला मुहानमै पानी नियमित आउने गरेको छ । खानेपानी उपभोक्ता समिति मार्फत आउने पानी अनियमित भएपनि मुहान नै हाम्रो नजिक भएका कारण हामीलाई खासै समस्या नभएको हो । तर चैत बैशाखतिर भने समस्या हुने गर्छ । सरसफाईको कुरा गर्दा चाहिँ प्रत्येक हप्ता नगरले नै फोहोर उठाउन गाडि तथा फोहोर व्यवस्थापक पठाउने भएकाले सरसफाईको सन्दर्भमा पनी राम्रो कामको थालनी भएको छ तर सुधार गर्नुपर्ने धेरै पक्ष छन ।

जङ्ग बहादुर गिरी, मुसिकोट १ मठ  : हामीले राज्यले व्यवस्था गरेको पानी खानुपर्ने तर आफ्नै निजी लगानीमा पानी खाईरहेका छौ । त्यो पनी ८ महिना मात्र खाने गर्मीयामको ४ महिना चाहीँ हाहाकार मै गुजारा चलाउनुपर्ने हुन्छ । सरसफाईको सन्दर्भमा भने यतातिर हाम्रो टोलमा खासै फोहोर नै उत्पादन नहुने हुँदा सफा सुग्घर नै छ । केहि मात्रामा उत्पादन भएको फोहोर पनी प्रत्येक हप्ता आउने नगरको गाडिद्धारा व्यवस्थापन गरिन्छ ।
अरुण बोहोरा, मुसिकोट १ पातुखोला ः समस्या छैन हामीले आफ्नै लगानीमा पानी पिउने गरेका छौ । र सरसफाईको सन्दर्भमा पनि ठिकै छ । उत्पादित फोहोर जति प्रत्येक हप्ता आउने नगरको गाडिद्धारा व्यवस्थापन गरिन्छ । तर ग्यारेजको कारणले फोहोर अलि बढि उत्पादन हुने हुँदा अलि बढि फोहोर हुन्छ तर त्यो पनि सबै एकै ठाउँमा जम्मा गरेर फोहोर उठाउने गाडिद्धारा व्यवस्थापन गरिन्छ ।

अजय परियार,मुसिकोट १ बागबजार : यहाँको (म बस्ने टोल बागबजार) खानेपानीको अवस्था हेर्दा पहिले भन्दा धेरै चाहीँ होईन केहि मात्राका सुधार भएको जस्तो मलाई लाग्छ । नियमित नभएपनी पहिला साँझ(बिहान २÷२ घण्टा मात्र आउने पानी १ घण्टा बढाएर दैनिक साँझ बिहान ३/३ घण्टा आउने गरेको छ । सरसफाई तिर ध्यान हेर्दा चाहिँ म लगायत वरिपरिका सम्पुर्ण बासिन्दाले जल्ने फोहोर जति जलाउछन भने अन्य फोहोर भने नगरको फोहोर उठाउने गाडीद्धारा फोहोर बिर्सजन गर्ने गर्छौ । जे होस् म बस्ने टोल सफासुग्घर नै छ ।

अमर बहादुर ओली, मुसिकोट १ हुलाक टोल : खानेपानीको समस्या त्यति धेरै त छैन तर पनी कहिलेकाहीँ २÷३ दिन सम्म नै बन्द भईदिँदा भने समस्या खेप्नुपर्ने हुन्छ । त्यो बेलामा चाहि हुलाक कार्यालयको नियमीत पानी आउने पाईपको पानी प्रयोग गर्छौ । सरसफाई त यहाँदेखावटि ठिकै छ तर यहाँका सडकका ढलहरुमा सिधै शौचालयको पाईप समेत मिसाईएको पाईन्छ । तपाई खोज्दै हिड्नुभयो भने धेरै ठाउँमा भेट्नुहुन्छ । यसको निगरानी त नगरपालीका,प्रशासन लगायतले गर्नुपर्ने हो तर त्यसो गरेको पाईदैन ।

सिर्जना केसि, मुसिकोट ५ सेरिगाउँ : खानेपानीको समस्या विशेष कर्मचारी र विद्यार्थी हरुलाईहुने गरेको पाईन्छ । बेलुका ५ बजे विहान ६ बजे पानी आउने पानिका कारण पढ्ने विध्यार्थी र कर्मचारीहरु पानीभर्न चुकेमा कहिल्यै भोक भोकै बस्ने समेत बाध्यहुन्छन । विद्यार्थीले ट्युसन पढने समय तथा कर्मचारी कार्यालयबाट फर्कने समयमा पानी आउने भएकोले खानेपानीको समस्या सिर्जना भएको जस्तो मलाई लाग्छ । कतिपय टोलहरुमा बसोबास गर्ने कर्मचारीहरु कार्यालयबाट फर्कने समयमा पानी आउने हुँदापानी कै लागी यताउति नलागी सिधै आफ्नो बसोबास स्थानतिर नै लम्कनुपर्ने स्थीती देखिन्छ । त्यसैले पानी मानवजीवनको लागी अनिवार्य आवश्यकता भएकाले यसको पर्याप्त व्यवस्था गर्न सके राम्रो हुन्थ्यो । सरसफाईको सन्दर्भमा भने मेरो भन्नु खास्सै केहि नि छैन जेहोस् ठिकै छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto