मेगराज खड्का
नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमको एकता प्रकृया अन्तिम चरणमा पुगेको छ । घोषणाका लागि जिल्ला कमिटिको अध्यक्ष र सचिबको टुंगो लगाइएपनि अन्य प्राबिधिक कारणले घोषणा भने नभएको बताईएको छ । आईतबार नेकपाका कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा र अध्यक्ष गोरख बोगटीको उपस्थितिमा खलंगामा पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ ।

सोमबार नेकपाले पत्रकार सम्मेलनको आयोजना गरि भेला मार्फत भएका निर्णयहरु समेत सार्बजनिक गरिएको छ । जस अनुसार नेकपा रुकुमको संयोजकमा महेन्द्र केसी (पारसमणी) लाई दिईएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रिय सदस्य राजकुमार शर्माले केन्द्रको सर्कुलर नआईसकेका कारण अहिलै पार्टीको जिल्ला कमिटि घोषणा गर्न नसकिएको भएपनि तत्काल पार्टी संचालन प्रकृयाका लागि संयोजक तोकिएको बताए । उनका अनुसार जिल्ला कमिटिको अध्यक्ष र सचिब छिटै टुंगो लगाईने छ । तर जिल्लामा हुने कार्यकर्ता भेला मार्फत जिल्ला कमिटिका लागि अध्यक्ष र सचिब घोषणा नै गर्ने यसअघि नै चर्चा चलेको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष र सचिबको घोषणा नगरिएको भएपनि भेलाबाट टुंगो भने लागिसकेको समाचार स्रोतको दाबी छ । स्रोतका अनुसार पार्टीको अध्यक्षमा हाल संयोजकको जिम्मेबारी दिइएका महेन्द केसी र सचिबमा पुर्ब एमाले रुकुमका अध्यक्ष बिमल पुनलाई दिईएको भएपनि घोषणा भने गरिएको छैन । अध्यक्ष र सचिबको टुंगो लगाईएपनि जिल्ला ईन्चार्च र जिल्ला कमिटिको सदस्य ककसलाई राख्ने भन्ने बिषयमा प्राबिधिक तयारी नपुग्दा घोषणा रोखिएको बताईएको छ । अध्यक्ष र सचिबको बिषयमा सैदान्तिक सहमति भएपनि ईन्चार्जको बिषयमा पनि टुंगो लाग्न बाँकी छ ।

ईन्चार्जमा राजकुमार शर्मा, शेरबहादुर केसी र बसन्त शर्मा आकांक्षी छन । ईन्चार्ज प्रदेश कमिटिले तोक्ने भएपनि यी तिन जनामा कुन हुने भन्ने एकमत नभएको र गृहकार्य भैरहेको बताईएको छ । तिनै जना हालको नेकपा केन्द्रिय सदस्य हुन । त्यस्तै पुर्ब माओबादी केन्द्र र पुर्ब एमालेबाट जिल्ला कमिटिको भागमा परेको सदस्य संख्यामा ककसलाई राख्ने भन्ने बिषयमा दुई पार्टीमा पनि टुंगो लागेको छैन । रुकुम जिल्ला कमिटिमा पुर्ब माओबादीबाट ८० र पुर्ब एमालेबाट ५५ जना गरि १ सय ३५ जनाको जिल्ला कमिटि बनाउन केन्द्रबाट सर्कुलर आएको छ । हाल पुर्ब माओबादीका ४ सय ५० जना जिल्ला सदस्य छन भने पुर्ब एमालेका ७७ जना सदस्य छन । पुर्ब एमालेको थोरै संख्या मात्र घटाउनु पर्ने छ भने माओबादीको ठुलो संख्यामा घटाउनु पर्ने छ । माओबादीले यसअघि केन्द्रिय सदस्य भएका, राज्य कमिटि सदस्य भएका र सिनियरलाई मात्र जिल्ला कमिटिमा राखी ठुलो संख्या हटाउन सजिलो भएपनि पुर्ब एमालेको थोरै संख्या मात्र कसलाई हटाउने भन्ने केहि समस्या भएको समाचार स्रोतको दाबी छ ।

गाउँ कमिटि १५ दिनभित्र
जिल्ला सगै स्थानीय स्तरहरुमा पनि पार्टीको संरचना बनाउन राजकुमार शर्माको संयोजगत्वमा ७ सदस्सीय कार्यदल बनेको छ । जसमा शेरबहादुर केसी, बसन्त शर्मा, गोपाल शर्मा, महेन्द्र केसी, ठकेन्द्रप्रकाश पुरी र बिमल पुन सदस्य रहेका छन । भेला पछि सार्बजनिक गरिएको प्रेस नोटमा उक्त कार्यदलले १५ दिनभित्र रुकुम पश्चिममा रहेका ६ वटा स्थानीय तहहरुमा पार्टीको नेतृत्व टुंगो लगाउने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto