मोहन बिसी
भौगोलिक हिसाबले निकै मानिने रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको स्यालाखदीमा पहिलो पटक ईन्टरनेट जडान भएको छ । नगरपालिकाको वडा न १ को कार्यालय, डिग्रे शाईकुमारी आधारभुत बिद्यालय रोकजा खेत र हिमाल माध्यमिक बिद्यालय खदीमा इन्टरनेट जडान भएको हो । आठबिसकोट नगरपालिकाको आर्थिक सहयोग तथा एभरेस्ट वाईरलेश नेटवर्क को प्राधिक सहयोगमा इन्टरनेट जडा गरिएको हो । सरस्वती आधारभुत बिद्यालय आठविकोट नगरपालिका २ स्याला र आबिसकोट नगरपालीका वडा न. २ वडा कार्यालयमा पनि केहि दिनमै इन्टरनेट जडान गरिने बताइएको छ । दुर्गम गाउँमा पहिलो पटक ईन्टरनेट जडान भएपनि स्थानीयहरु तथा सरोकारवाला ब्यक्तिहरु खुसि भएको नगरपालिकाको कृषि शाखामा कार्यरत नायब पशु सेवा प्राविधिक कमल केसीले जानकारी दिए । साविकको स्यालाखदी गाबिस हाल आठबिसकोट नगरपालिकाको ३ वटा वडा बनेका छन ।
फेसबुक प्रतिक्रियाहरु