आहा संचार संबाददाता
नवगायिका विष्णुमाया श्रेष्ठको पहिलो प्रस्तुती लोकदोहोरी गीत मायाको परिणाम सार्वजनिक भएको छ । यथार्थ मायाँ प्रेम, र जीवन भोगाईमा आधारित रहेर उक्त गीत सार्वजनिक भएको हो । प्रेमराज पुनको लय तथा शब्द सिर्जना रहेको यस गीतमा चर्चित लोकदोहोरी गायक रामजी खाँड र विष्णुमाया श्रेष्ठको आवाज रहेको छ । युवा वर्गलाई लक्षित गर्दै माया–प्रेममा उत्पन्न हुने समस्या र त्यसबाट आउने परिणामलाई गीतको शव्दमा जोडिएको छ । विमल अधिकारी र सारीका केसीको अभिनय रहेको यस गीतलाई पहिलो पटक गरुडा म्युजिक प्रालीले वजार व्यवस्थापन गरेको व्यवस्थापक अमरराज पुनले बताए । कपिल लामाको निर्देशन, अमर शाक्यको सम्पादन तथा राजेश घिमिरेको छायाँकनमा निर्माण गरिएको हो । हेर्नुहोस यस्तो छ गीत
फेसबुक प्रतिक्रियाहरु