काठमाण्डौ । पत्रकारिताको माध्यमबाट सामाजिक जागरणमा योगदान पुर्याएकोमा खसोखासका नेपाल सम्पादक अस्मिता खड्का (अरुणा) सम्मानित भएकी छिन् । व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच खसोखासका नेपाल सम्पादक सहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो । समाजका सद्भावनादूत नायक निखिल उप्रेती र समाजका अध्यक्ष दुर्गानाथ दाहालले संयुक्त रुपमा पत्रकारहरुलाई सम्मान गरेका थिए । सोही अवसरमा नवजीवनले बौद्धिक अपांग महिलाहरुलाई लत्ताकपडा वितरण गरेको थियो । नवजीवन परोपकार समाजले लामो समयदेखि सडकमा कष्टपूर्ण जीवन बिताउदै आएका सबै प्राणीहरुको उद्वार, उपचार र पुनःस्थापना गर्दै आएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

