डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेका सामुदायिक अध्ययन केन्द्रहरु अत्तोपत्तो छैनन् । नगरपालिकाको चार ठाउँमा रहेका सामुदायिक अध्यन केन्द्र हाल संचालनमा नभएका हुन । नगरपालिकाको बिजयश्वरी, कोटजहारी, खोलागाउँ र नुवाकोटमा अध्ययन केन्द्र स्थापना गरिएका थिए ।
ती अध्ययन केन्द्रहरु हाल निस्कृय भएका छन भने अफिस बोर्ड समेत छैनन् । जसले गर्दा स्थानीयलाई अध्ययन केन्द्र कहाँ छन् भन्ने अत्तोपत्तो नै छैन् । सामुदायिक अध्यन केन्द्र २०६२ सालमा अनौपचारिक शिक्षा परिषदले स्थापना गरेको थियो । प्रत्येक अध्ययन केन्द्रमा एक जना कर्मचारी पनि राखिएको थियो । समुदायमा शिक्षाको अवस्थाको तथ्यांक बुझ्न गाविसमा सामुदायिक अध्ययन केन्द्र स्थापना गरिएको थियो तर अहिले ती अध्ययन केन्द्रहरु निस्कृय भएका हुन ।
उता नगर प्रमुख बिशाल शर्माले अब छिट्टै नगर भित्र सबै सामुदायिक अध्ययन केन्द्रको अनुगमन गरि पुनः सक्रिय बनाउने जानकारी दिए । ‘हामीले नगर भित्र शिक्षामा आमुल परिवर्तन गर्ने योजना बनाएका छौँ, त्यहीँ अन्तरगत शिक्षा सम्बन्धि काम गर्ने सबै निकायलाई सक्रिय बनाउछौँ’ नगर प्रमुख शर्माले भने, ‘प्रभावकारी काम नगर्नेलाई कारबाही गर्छौ भने काम गर्नेलाई पुरस्कृत पनि गर्छाैं, शिक्षाका सबै तह तप्कालाई सक्रिय बनाउने हाम्रो जिम्मा हो ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto