मदन बिसी
रुकुम पुर्बका सामुदायिक विद्यालय १ हप्ता सम्मको लागि बन्द गरिएको छ । अस्थायी शिक्षकहरुको शिक्षक सेवा आयोगको परिक्षाका कारण असोज ८ गते देखि विद्यालय बन्द भएका हुन । जिल्लाका ३ स्थानीय तहका १ सय १७ सामुदायिक विद्यालय सातादेखि केहि आंशिक रुपमा पठन पाठन भईरहेका छन भने अधिकांस विद्यालयहरु भने पुर्ण रुपमा बन्द नै गरिएको छ ।
जिल्लाका त्रिभुवन जनता माबि सिस्ने गाउँपालिका ६ छिप्रीदह, कोट माबि रुमालबारा र मा बि कुचिवाङ भुमे गाउँपालिका लगायत अन्य विद्यालयहरु रहेका छन । त्रिभुवन जनता माबि छिप्रीदहका प्राचार्य मोहन केसिले विद्यालयमा पढाउने जम्मा १७ जना शिक्षक शिक्षिका मध्य ११ जना शिक्षक आयोगको परिक्षा गर्न गएका कारण बिद्यालय बन्द गर्नु परेको प्रतिक्रिया दिए । उनका अनुसार बिद्यालयमा ६ जना स्थायी छन भने ११ जना अस्थायी शिक्षक शिक्षिका छन । ‘अस्थायी सबै शिक्षक सेवा आयोगको परीक्षा दिनको लागि जिल्ला बाहिर गएका कराण ६ जना शिक्षकले मात्र कक्षा १ देखि १२ सम्म पठनपाठन सञ्चालन गर्न नसकिने भएकाले १ हप्ताको लागि विद्यालय बन्द गरेका हौ ।’ उनले भने, ‘आयोगको परिक्षा गर्न नजाउ भन्न पनि नसकिने अनी बिद्यालय संचालन गर्दा शिक्षक नहुँदा फेरी कसरी पढाउने ।’ त्यस्तै कोट माबि रुमालबाराका प्राचार्य नलबहादुर थापाको पनि त्यस्तै भनाई छ । जम्मा शिक्षकहरु मध्य आधा भन्दा बढी शिक्षकहरु परीक्षा दिन गएका कारण ५ दिनसम्मका लागि विद्यालय बन्द गरेको उनको भनाई छ । ‘अहिले अस्थायी तथा राहत शिक्षकहरुको परिक्षाका कारण १ हप्ताका लागि विद्यालय बन्द गरिए पनि दशै तिहार तथा हिउदे बिदा घटाउने भएकाले यसले विद्यार्थीको पढाईमा कुनै असर गर्दैन’ प्राचार्य थापाले भने ।
उता पुथाउत्तरगङगा गाउँपालिकाका विद्यालयहरुमा भने अस्थायी तथा राहत दरबन्दीका शिक्षकहरु नभए पनि सट्टा शिक्षकहरु राखेर नियमित रुपमा पठनपाठन संचालन गरिरहेको बताईएको छ । रुकुम पुर्बका ३ स्थानीय तहका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका १ सय ६७ अस्थायी शिक्षक तथा १ सय २ राहत दरबन्दीका गरि जम्मा २ सय ७१ अस्थायी शिक्षक रहेकोे शिक्षा बिकास तथा समुन्वय इकाई रुकुम पुर्बका प्रमुख तिलक गौतमले जानकारी दिए । उक्त शिक्षकहरु सबै देशका विभिन्न जिल्लाहरुमा यहि असोज ११, १२ र १३ हुने शिक्षक सेवा आयोगको परीक्षा दिन जिल्ला बाहिर गएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto