आहा सञ्चार संबाददाता
रुकुम(पश्चिम)बाट प्रकाशित आहा संचार साप्ताहिकले आहा संचार पत्रकारिता पुस्कारबाट रुकुम जिल्लाका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । मंगलबार संबाददाता कार्यशाला तथा पुरस्कार बितरण कार्यक्रमको आयोजनाको गरेर पत्रकार धनबीर दाहाल र डिल्लीबहादुर खत्रीलाई पुरस्कृत गरेको हो ।
आहा संचारले प्रत्यक वर्ष आफ्नो बार्षिकउत्सवको अवसरमा जिल्लामा एक जना क्रियासिल पत्रकारलाई पुरस्कृतको लागि घोषणा गर्दै आएको छ । जस अनुसार २०७३ सालको पत्रकारिता पुरस्कार धनबीर दाहाललाई प्रदान गरेको हो भने २०७४ सालको पत्रकारिता पुरस्कार डिल्लीबहादुर खत्रीलाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ अधिबक्ता डा. नबराज गौतमले ५/५ हजार रहेको पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमममा बोल्दै प्रमुख अतिथि बरिष्ठ अधिबक्ता डा. नबराज गौतमले आहा सञ्चार नाम जस्तै समाचार र सूचना जनतामा लिन काम पनि आहा गरेको बताए । पत्रकारिता क्षेत्र मानिसको तेस्रो आँखा रहेको उल्लेख गर्दै रुकुम जिल्लाको पत्रकारिता विकासको लागि आहा संचारले बिगतको जस्तै भबिश्यमा पनि आफ्नो नाम जस्तै काम गर्न सफल हुनुपर्ने उनको भनाई थियो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायणकुमार शाहले आहा सञ्चारले रुकुमको छापा पत्रकारितामा फरकपन र नयाँ अभ्यास गरेको बताउदै संबाददाता कार्यशाला पछि अझै पाठकका लागि रुचीकर र गुणस्तरीय समागीहरु आउने कामना गरे । महासंघ रुकुमका संस्थापक सचिब तथा उपप्रध्यापक हरिबिष्णु ओलीले संकटमा परेको रुकुमेली छापा संचारलाई आहा सञ्चारको प्रकाशन र निरन्तरताले नयाँ उचाईमा ल्याएको बताए ।
जिल्लामा प्रकाशनका लागि दर्जनौं पत्रिका दर्ता भएपनि बिभिन्न चुनौति र संघर्षका बिचमा पनि आहा संचार स्थापित हुनु समग्र पत्रकारितामा गौरबको बिषय भएको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेन्द्र खत्रीले आहा सञ्चारले जिल्लामै पहिलोपटक संबाददाता भेला गर्नु नै अन्य मिडिया संस्थाका लागि पनि सिको गर्नुपर्ने पक्ष रहेको बताए । संबाददाताहरुलाई उत्साहित र क्षमताबृद्धि गर्ने सबै संचार संस्थाको भूमिका भएपनि आहा सञ्चार यस कार्यमा जिल्लामै पहिलो भएको बताए । कार्यक्रममै बोल्दै प्रेस सेन्टर कर्णाली प्रदेशका अध्यक्ष एवम रेडियो सानीभेरीका प्रबन्धक धुब्र बिक्रम बुढाथोकीले छापा र अनलाईनमा जनपक्षिय संचार गर्न सफल आहा संचार संघर्षबाट स्थापित मिडिया भएको बताए । आहा सञ्चार प्रेस काउन्सिलको बर्गीकरणमा ख बर्गमा परेको भएपनि आहा संचारले स्थानीय क बर्गकै भूमिका निभाएको आफुहरुलाई आभाष भएको समेत बताए । कार्यक्रमको संचालन पत्रिकाका प्रकाशक/सम्पादक मेगराज खड्काले गरेका थिए ।