सर्जना कार्की
रुकुम पूर्व नयाँ जिल्ला बनेपछि पहिलो पटक रुकुमकोट उद्योग वाणिज्य संघको पहिलो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट यज्ञ प्रकाश मल्लको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा प्रकाश केसी, थमन राज बुढा, बयन बुढा र केशव थापा, महासचिव भरत बुढा मगर, सचिव केवेन्द्र गौतम, कोषाध्यक्ष नन्दविर सुनार रहेका छन । त्यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले बजार ब्यवस्थापन सहितका विभिन्न प्रस्तावमा छलफल गरी निर्णय पारित गरेको बन निर्बाचित अध्यक्ष मल्लले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु