सर्जना कार्की
रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पुर्वको पहिलो साधारणसभा सम्पन्न भएको छ । साधारण सभा सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको हो । साधारणसभामा रुकुमकोट उद्योग बाणिज्य संघका सदस्य केशव थापाले आर्थिक वर्षको आय व्यय प्रस्तुत गरेका छन । सघंको आयतर्फ ३ लाख ९८ हजार ४ सय ७३ रहेको छ भने व्ययतर्फ २ लाख २ हजार ८ सय १५ रहेको छ । यसैगरी १ लाख ९५ हजार ६ सय ५८ उद्योग बाणिज्य सघंको बचत रहेको छ । रुकुमकोट उद्योग बाणिज्य सघंको जिल्ला टुक्रिएर छुट्टै भइसकेपछीको रुकुम पुर्वमा पहिलो ऐतिहासिक साधारणसभा भएको बताइएको छ ।

रुकुमकोट उद्योग बाणिज्य सघंले आर्थिक अनुशासन कायम, भ्रष्टाचार अन्त्य, सवैसँग साझेदारी गर्दै अगाडि बढ्नुपर्ने वक्ताहरुले बताएका छन । रुकुमकोट उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती रुकुम पुर्वकी उपप्रमुख भिम कुमारी पुणको प्रमुख आतिथ्यता रहेको थियो। भुमे गाउँपालिका उपाध्यक्ष मन कुमारी विष्टको विशेष उपस्तिथि रहेको थियो। यसैगरी साधारणसभामा सहायक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार शाह, सिस्ने गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुधन रेग्मी, भुमे ६ का वडा अध्यक्ष देव बहादुर वुढा, प्रहरी निरीक्षक दिवाकर रिजाल, उद्योग बाणिज्य सघं रुकुम पश्चिमका अध्यक्ष टेक बहादुर पुण, सशस्त्र प्रहरी निरीक्षक ईश्वरि बहादुर पुण, जिल्ला खेलकुद विकास समिती रुकुम पुर्वको अध्यक्ष हरि थापा लगायत रुकुम पुर्वका सम्पुर्ण व्यापारीहरुको उपस्तिथि रहेको थियो। रुकुमकोट उद्योग बाणिज्य सघंको महासचिव पञ्च बहादुर बोहोराको स्वागत मन्तव्य रहेको साधारणसभा कार्यक्रमको सञ्चालन मदन विसिले गरेका हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto