मोहन वि.सी
पश्चिम रुकुमको आठबिसकोट नगरपालिका वडा न. ७ खारखारा खोलाका तिलक बहादुर बुढाले २४ लाख बढीको लगानीमा माछा पालन सहितका बिभिन्न व्यवसाय थालेका छन । उनले ग्रास र कमन कार्प जातका गरी दश हजार माछाका भुरा पोखरीमा राखेर पालन गदै आएका छन । जसमा केहि बिक्रि गर्ने सम्म हुन थालेका छन । त्यस्तै १ हजार ७ सय बढी लेर्यस कुखुरा समेत पालन गरेका छन । अझै थप लगानी गरेर अगाडि बढ्ने योजना बनाएपनि आफ्नो व्यवसायलाई प्रोत्साहान र अनुदान दिन बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्था संग पहल गरेपनि कतैबाट सहयोग नभएको उनको भनाई छ । युवाहरु बिदेश लाखौं लगानी गरेर बिदेश गईरहेको अवस्थामा आफुले आफ्नै देशको माटोमा पसिना बगाउन काम थालेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto