पहलमान घर्ती
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ९ लाई पूर्ण भर्ना घोषणा गरिएको छ । वडाभित्र रहेका विद्यालय उमेर समूह (४ देखि १२ वर्ष) का ६ सय ७४ बालबालिकाहरु विद्यालय भर्ना भएपछि पूर्ण भर्ना भएको घोषणा गरिएको छ । जनकल्याण मावि सर्पालमा भएको घोषणा समारोहमा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले सरकारको नीति तथा कार्यक्रम अनुरुप गाउँपालिकाले सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयको पहँुचमा ल्याइएको बताए । अब विद्यालयमा सबै बालबालिकालाई टिकाइराख्न चुनौति रहेकाले वडा कार्यालयले त्यस अनुसार काम गर्नुपर्ने उनको भनाई छ । यस्तै वडाध्यक्ष नेपबहादुर थापाले वडाका विद्यालयमा गुणस्तरीय शिकाई उपलब्धीलाई ५३ बाट ६० प्रतिशत पु¥याउने योजना रहको सुनाए । यद्यपि ६ जना बालबालिका भने अझै विद्यालयको पहँुचमा आउन नसकेको समुदायमा आधारित शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कमा उल्लेख छ । गरिबी, विपन्नताका कारण उनीहरुलाई विद्यालयमा ल्याउन नसकिएको बताइएको छ । यता स्थानीयले पुर्ण घोषणा गरिए पनि गाउँ अझै बालबालिबा विद्यालय भन्दा बाहिर रहेको बताए छन् । हचुवाका भरमा घोषणा गरिएको उनीहरुको बुझाइ छ । पूर्ण भर्ना घोषणा समारोहमा वडाभरीका विद्यालयका बालबालिकाहरुले ¥याली, तथा विभिन्न प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।
