सर्जना कार्की
रुकुम पुर्व
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा अगुवा किसानको लागि व्यवसायिक योजना सम्बन्धि २ दिने तालिमको सञ्चालन गरिएको छ । यूएसएआईडिको आर्थिक सहयोग तथा रुक्मेली समाज विकास केन्द्र कृषि स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन प्रवर्द्धन (पहल) कार्यक्रमको आयोजनामा तालिमको सञ्चालन गरिएको हो ।
कृषि क्षेत्रमा लागेका कृषकहरूलाई व्यवसायिक रुपमा तथा योजनाबद्ध तरिकाले खेती गरून् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको पहल कार्यक्रमका कृषि प्राविधिक गोपाल खड्काले बताए । तालिममा कार्यक्रम संयोजक उदय केसि, पशु प्राविधिक मोहन विसि, र प्रशिक्षक गोकर्ण खड्काले सहभागिलाई प्रशिक्षण गरिरहेका छन ।  तालिममा सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ र भुमे गाउँपालिका ४,५ का कृषकहरुको सहभागीता रहेको छ । तालिमको उदेश्य कृषकहरुले योजना बनाएर लागत नाफाघाटा छुट्याई तरकारी व्यवसाय तिर प्रोत्साहन गर्ने रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto