दिवस पोखरेल
नेपाली कांग्रेस चौरजहारी नगर समितीको कार्यकर्ता भेला चौरजहारीमा सम्पन्न भएको छ । भेलामा बदलिएको राजनीतिक अबस्थामा सङठन बिस्तार र नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिको भुमिका बिषयक छलफल समेत भएको छ । भेलामा बोल्दै प्रमुख अतिथी नेपाली काग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलिले कार्यकर्तालाई बदलिएको अबस्थामा निरुत्साहित नभई झन क्रियाशिल भएर अघि बढ्नु पर्ने बताए ।
हरेक खाले अतिवादका बिरुद्ध निर्भिक भएर उभिन र गलत कुराको भण्डाफोर गर्न समेत ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाली कांग्रेस बाट चौरजहारी नगरपालिकामा निर्बाचित जन प्रतिनिधिहरुले नगरपालिकाको हरेक क्रियाकलापमा सकारात्मक हस्तक्षेप राख्ने पर्ने समेत बताए । उक्त कार्यक्रममा बोल्दै बिशेष अतिथि तथा पार्टीका पुर्ब महासमिती सदस्य तिलक भण्डारीले कार्यकर्ता बिचको एकता नै अहिले को महत्वपुर्ण आबश्यकता रहेको बताए । नेपाली कांग्रेस चौरजहारी नगर संयोजक भद्र बहादुर बिस्टको अध्यक्षता कार्यक्रम भएको थियो ।
