सत्य बहादुर बटाला
रुकुम पश्चिमको आठविसकोटमा एक सहकारी सस्थाले नगरपालिका भित्रका प्रत्येक जन प्रतिनिधीहरुलाई सम्मान गरेको छ । आठविसकोटको राडि बजारमा रहेको सुर्याेदय बचत तथा ऋण सहकारी सस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रका जनप्रतिनिधीहरुलाई दोसल्ला ओढाई तथा सहकारीको तर्फबाट मायाको चिनो हस्तानतरण गरी सम्मान गरेको हो ।
आठविसकोट नगरपालिकाले सहकारीको हक हित र सफलताको लागी अहम भुमीका निर्वाह गरी जनप्रतिनिधीहरुले एउटा नमुना काम गरेको हुँदा सहकारीले जन प्रतिनीधीहरुलाई सम्मान गरेको सुर्याेदय बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष जनक बहादुर शाहीले बताए । सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख गोर्ख बहादुर केसीले सहकारीलाई सफल बनाई यहाँ सम्म पुय्राएको भन्दै संस्थाका सबै सदस्यलाई धन्यबाद व्यक्त गरे । कृषी तथा व्यवसायमा सहकारीले ऋण लगानी गरेको र अबका दिनमा नगरपालिका भित्र आर्थीक अबस्था सुधार गर्न उद्योगहरुमा पनि सहकारीले लगानी गर्न आग्रह गरे । देशको अर्थतन्त्र सुधार गर्न प्रत्येक घर परिवारको आर्थीक अबस्थामा सुधार आउनु पर्ने समेत नगर प्रमुख केसीको भनाई रहेको थियो ।
२०६८ भाद्र २१ गते २८ जनाको सदस्यतामा स्थापना भएको सहकारी सँस्थामा अहिले १४ सय सदस्स भएको उनको भनाईछ । गत भदौ २१ गते सहकारीले ७ वर्ष पुरा गरेको अबसरमा नगरपालकाको वडा नं. ४ गोतामकोटमा पनि सेवा केन्द्र कार्यालय स्थापना गरेको छ । नगरपालिका भित्रका प्रत्येक वडामा सेवा केन्द्र स्थापना गर्न लागी परेको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष जनक बहादुर शाहीको अध्यक्षता रहेको कार्यक्रमा नगर प्रमुख गोर्ख बहादुर केसी, उपप्रमुख गीता नेपाली, १४ वटै वडाका वडा अध्यक्ष लगाएत कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सजिव धर्म बहादुर चन्दले गरेका थिए ।
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)