मदन बिसी
रुकुम पुर्बबाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित सासंद कमला रोकाले रुकुम पुर्बको सदरमुकाममा जन भेटघाट गरेकी छिन । केहि दिन अघि गृह जिल्ला रुकुम पुग्नु भएकि सासंद रोकाले सदरमुकाम रुकुमकोट स्थित सिस्ने गाउँपालिका वडा न ५ टाकुराका जनतासङग जन भेटघाट गरेकी हुन । जन भेटघाट कार्यक्रममा सासंद रोका समक्ष वडा न ५ का जनताले रुकुमकोटमा २४ सै घन्टा सञ्चालन हुने गरि संचारको ब्यबस्था गरिदिन र रुकुम पुर्बको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसलाई आङगिक क्याम्पस बनाउनको लागि तत्काल पहल गरिदिन आग्रह गरेका छन । त्यस्तै वडा न ५ का केही वडामा विद्युत र खानेपानीको समस्या रहेकोले त्यसको लागि पनि भरपर्दो ब्यबस्था गरिदिन आग्रह गरेका छन ।
सांसद रोकाले रुकुम पुर्बको सञ्चार क्षेत्रलाई भरपर्दो र प्रभावकारि बनाउनको लागि निर्माण भएका टावरहरुमा विद्युत पुर्याइने र निर्माण नभएका तर फोनले काम नगर्ने ठाउँहरुमा तत्काल सर्वे गरि नया टावर स्थापनामा पहल गर्ने बताईन । रुकुम पुर्बको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसलाई छिट्टै आङगिक क्याम्पसका बनाउनको लागि आफुले पहल गरिरहेको उनको भनाई छ । त्यस्तै सांसद रोकाले सिस्ने गाउँपालिका वडा न ५ मा मात्र होइन रुकुम पूर्बका अन्य स्थानमा पनि शिक्षा स्वास्थ्य विद्युत खानेपानी र सडक नपुगेको ठाउँहरुमा पुर्याउनको लागि सदनमा कुरा उठाइरहेकाले क्रमिक रुपमा सबै ठाउँका जनताका आधारभुत आवश्यकतालाई पूरा गर्दै जाने बताईन । जनभेटघाट कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, ५ नम्बरका वडा अध्यक्ष शान्त बहादुर बिक र वडा सदस्य भर्दी थापा लगायत नअन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto