मदन बिसी
रुकुम पूर्वबाट प्रतिनिधिसभामा निर्बाचित सांसद कमला रोकाले रुकुम पुर्ब जिल्लाबाट नेपाल कम्युनिस्ट पाटी नेकपाका नेता बामदेब गौतम उठ्ने भनेर बाहिरिएको कुरा हावा र निराधार रहेको बताएकी छिन । गौतमलाई रुकुम पुर्बबाट सासंद बनाउने कुरा हल्ला र निराधार भएको भन्दै जनतालाई त्यस्ता हल्लाका टिप्पनीका पछि नलाग्न पनि आग्रह गरेकी छिन । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बिहिबार रुकुमकोटमा बिकास निर्माण तथा जनसरोकारका सवालहरु विषयक जनतासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन ।
‘बामदेव गौतमले रुकुम पूर्वतिर आँखा लगाएको मैले पनि बिभिन्न संचारमाध्यममा आएको समाचारहरुमा पढे’ जनताको प्रश्नको उत्तर दिदै उनले भनिन, ‘त्यस्तो सोच्न पनि सकिदैन, हाम्रो पनि कुरा पनि चलेको छैन । मतदाताहरुले मेरो बिश्वास मानेर जीताएर पठाएका हुन, कसैले रुकुम पूर्व रुचाउदैमा मैले छोड्ने कुरा हुदैन ।’ रुकुम पूर्वबाट उपनिर्बाचन मार्फत बामदेव गौतम उठ्ने तयारी गरिरहेको समाचार केहि दिन अघि बाहिरिएको थियो । यसैबिच जिल्लाका स्थानीयहरुले रुकुम पूर्व नयाँ जिल्ला बनेपनि सबै जिल्ला स्थित सरकारी कार्यालयहरु स्थापना नभएकाले तत्काल स्थापनाका लागि पहल गर्न सांसद रोकालाई आग्रह गरेका छन ।
रुकुम पुर्ब छुट्टै जिल्ला भइ सकेको अबस्थामा पनि अझै घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय, जिल्ला खानेपानीको कार्यालय, नेपाल टेलिकमको कार्यालय, खाद्य संस्थानको कार्यालय, जिल्ला हुलाक कार्यालय, आँखा अस्पताल र जिल्ला वन कार्यालय जस्ता अन्य कार्यालय अझै पनि स्थापना हुन सकेका छैनन । त्यस्तै रुकुम पुर्बको विवादित सदरमुकामको टुंगो लगाउनमा पहल गर्न पनि उनीहरुले आग्रह गरेका छन । रुकुम पूर्वको विकासमा भैरहेको ढिलासुस्ती, शिक्षा र स्वास्थ्यमा भैरहेको कालोबजारी र संचार सेवालाई ब्यबस्थित गर्नुपर्ने स्थान्ीयहरुके माग छ ।
जनताले उठाएको प्रश्नको जबाफ दिदै सासंद रोकाले रुकुम पुर्बमा स्थापित भइ नसकेका सबै सरकारी कार्यालयहरु निकट भबिस्यमा नै स्थापना गर्नको लागि पहल गरिरहेको बताईन । जनताकेन्द्रित भन्दा ब्यक्तिबादी बिकास गर्ने जनप्रतिनिधिहरुलाइ कार्वाही गरिने समेत उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto