सत्य बहादुर बटाला
रुकुम(पश्चिम) आबिसकोट नगरपालिका बाढि, पहिरो पीडितलाई कर्णाली प्रदेश सरकारले राहत बितरण गरिएको छ । नगरपालिकामा एक कार्यक्रम बिच भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले राहत बितरण गरिन ।
श्रावन ४ गते देखी भाद्र २८ गते सम्म नगरपालिकाका बिभिन्न ठाउँमा बाढि तथा पहिरोबाट पिडित ३१ घर परिवारलाई राहत बितरण गरिएको हो । नगरपालिका वडा नम्वर ४, ९, ११ र १४ का वाढि पहिरो पिडितलाई राहत बितरण गरिएको छ । कर्णाली प्रदेश सरकारले वाढि तथा पहिरोले पुर्ण रुपमा बिस्तापित घर परिवारकोे लागि ६ लाख बिस हजार रकम हस्तान्तरण गरेको छ । प्रति घर धुरीलाई २० हजारका दरले रकम हस्तारण गरिएको हो ।
राहत बितरण कार्यक्रममा बोल्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले एकिकृत नमुना बस्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन । विकास निर्माणको काममा प्रभावकारी ढङगले काम नगर्दा र मापदण्ड नपु¥याउदानै बिपतिको सिकार बन्न पुगेको उनको भनाई छ । साथै बाढि तथा पहिरोको जोखिममा रहेका बस्तिलाई उपयुक्त ठाउँको छनोट गरि स्थानान्तर गर्नु पर्ने उनको धारणा छ ।
