जयमान बुढामगर
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २, रामलीमा करिब २ रोपनी क्षेत्रफलमा लगाईएको भांगो खेती ईलाका प्रहरी कार्यालय खाबाङ बगरले नष्ट गरेको छ । ठुलो मात्रामा खेती गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी सहायक निरिक्षक ठक बहादुर बस्नेत नेतृत्वको प्रहरी टोलीले भांगो खेती नष्ट गरेको हो । प्रहरीका अनुसार ठुलो मात्रामा भांगो खती गर्ने र उक्त खेतीको दुरुपयोग गर्दै अबैध लागुऔषध गाँजा र चरेस उत्पादन गर्ने गरेको अनुसन्धानबाट फेला परेपछि यस्तो भांगो खेती नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो ।
बर्षेनी रुकुम पूर्व र पश्चिममा लागुऔषध गाँजा र चरेस उत्पादन र ओसार पसारमा धेरै मानिसहरु पक्राउ गर्दै आएका छन । त्यस्तो कार्यलाई रोकथाम गर्नको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको निर्देशन अनुसार गाउँगाउँमा ठुलो मात्रामा लगाइएको भांगो नष्ट गर्ने अभियानमा प्रहरी खटेको हो । भांगो भित्र्याउने बेला त्यसको पात मिरेर गाँजा तथा चरेस उत्पादन हुने गरेको प्रहरी अनुसन्धान छ । तर स्थानीयहरुले भने भाङ्गो लागुऔषध तथा गाँजा कार्यको लागि नभएर अचार,तेल र चटनी प्रयोगका लागि लगाउदै आएको बताएका छन ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto