१ महिना देखि अबरुद्ध सडक सुचारु

Byआहा सञ्चार

२०७५ भाद्र २७, बुधबार ११:०६ गते

मदन बिसी
करिब १ महिना देखि अबरुद्ध भएको रुकुम पुर्ब पश्चिम जोडने यातायात सेवा सुचारु भएको छ । रुकुम पुर्बको सिस्ने गाउँ पालिका वडा न ६ का विभिन्न स्थानहरुमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेको पछि अबरुद्ध यातायात सेवा सुचारु भएको हो ।
सिस्ने गाउँपालिकाको पहलमा जेसिबी र टिप्पर तथा मध्य पहाडी लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनको डोजरले सिस्ने गाउँपालिका ६ खोपिचारमा झरेको पहिरो पन्छाइएको हो । गाउँपालिककाकै वडा न ६ मै पर्ने रानिकोट पायाबारा पाखागाउ डाडागाउ लगायतका स्थानहरुमा रहेको हिलाम्मे सडक सफा गर्नुका साथै खाल्डाखुल्डी भएको स्थानमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भए पछि यातायात सेवा सुचारु भएकोको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन । यस अघि उक्त यातायात सेवा अबरुद्ध हुदा रुकुम पुर्ब रुकुम पश्चिम आवज जावत गर्न ठाउँ ठाउँमा गाडी फेर्नुका साथै जोखिम पुर्ण यात्रा गर्नु पर्ने बाध्यता थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...