आहा सञ्चार संबाददाता
मुसिकोट नगरपालिका वडा नं. ९ को हिलमा तिज, शिक्षा तथा बाल दिबसको अबसरमा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम को उद्घाटन गरिएको छ । कार्यक्रम २७ गते सम्म संचालन हुने छ । आज पुरुष भलिबल, प्राबि स्तरीय हिज्जे प्रतियोगिता र प्राबि स्तरीय हाजिर जबाफ भएको छ ।
भलिबल प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ भने खेल नकाउट सिस्टमा खेलिएको छ । खेलमा प्रथम स्थान हासिल गर्ने टिमले ८ हजार दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ४ हजार पुरस्कार प्राप्त गर्ने छन भने हिज्जे प्रतियोगिता मा ७ वटा टिमको सहभागीता हरेको छ । जसमा प्रथम हुने टिमले १ हजार २ सय, दोस्रो हुने टिमले ९ सय तेस्रो हुने टिमले ९ सय र सान्त्वना हुने टिमले ३ सय पुरस्कार प्राप्त गर्ने छन । त्यस्तै हाजिरीजवाफ प्रतियोगिता पनि आज नै भएको छ जसमा ७ वटा टिमको सहभागिता रहेको छ जसमा प्रथम हुने टिमले १ हजार २ सय, दोस्रो हुने टिमले ९ सय र तेस्रो हुने टिमले ९ सय र सान्त्वना हुने टिमले ३ सय रकम पुरस्कार प्राप्त गर्ने छन । कार्यक्रम मा ९ नं. वडा अध्यक्ष नवीन ओलीको प्रमुख आतिथ्यिता रहेको थियो ।
सबै जनप्रतिनिधिहरु स्थानीय राजनैतिक दलका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षकहरु, झुल्खेत प्रहरी चौकी इन्चार्ज भक्त ब रावल, महान सहिद कामी बुढा कि छोरी मोतिकला पुन, संकरलाल घर्ती लगाएको पनि सहभागीता रहेको थियो । नमुना राङ्जी सल्लेरी पाखा वन उपभोक्ता समिति अध्यक्ष कर्ण ब बुढाका अध्यक्षता र जुवाला आधारभुत विद्यालयका प्रअ खडानन्द शर्मा को संचालन कार्यक्रम संचालन गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु