जयमान बुढा मगर
रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर २ त्रिवेणी माद्यमिक बिद्यालय काँक्रीले सोमबार २०७४/०७५ को सार्वजनिक सुनुवाई गरेको छ । बिद्यालयको आय तर्फ ५८ लाख ५७ हजार ५ सय ४१ रुपयाँ रहेको छ भने व्यय तर्फ ४५ लाख ४ हजार ६ सय २० रुपयाँ रहेको बिद्यालयका प्रधानाध्यापक मदन शर्माले जानकारी दिए । उनका अनुसार १३ लाख ५२ हजार ९ सय २१ रुपयाँ बिद्यालयको बचत रकम रहेकोे छ । उक्त बिद्यालयमा बालशिक्षा देखि कक्षा दश सम्म पठनपाठन भैराखेको छ । जम्मा ११ जना शिक्षक रहेकामा ७ जना शिक्षकको तलब गाउँले व्यहोरी राखेको बिद्यालयले जनाएको छ । बिद्यालयको सार्वजनिक सुनुवाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथी बहादुर बुढा र प्रधानाध्यापक मदन शर्माले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिबाभक संघका अध्यक्ष जोखमन बुढाको अध्यक्षता रहेकोमा रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर बुढा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथी बहादुर बुढा, काँक्री स्वास्थ्य चौकीका सह–ईन्चार्ज तिलक रोका, मिक नेपालका शिक्षा अधिकृत मुकुद पुन, युएमएन कलस्टरका प्रमासदाता भिमसेन देवकोटा, नेपाल मगर बिद्यार्थी केन्द्रिय समितिका सचिव लोकमान पुन लगाएत बिद्यार्थी तथा अभिबाभकहरुको उपस्थिति रहेको थियो ।
गत बार्षिक परिक्षामा स्थान हासिल गर्ने बिद्यार्थिहरुलाई पनि पुरस्कृत गरिएको छ । कार्यक्रममा शिक्षक गोपाल देवकोटाको स्वागत रहेकोमा सञ्चालन शिक्षक इन्द्रजित रावलले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto