बाँफिकोट गाउँपालिकामा बजार अनुगमन

Byआहा सञ्चार

२०७५ भाद्र २२, शुक्रबार १७:५५ गते

प्रचण्ड खत्री
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा पर्ने ठाँटीबजारमा अनुगमन गरिएको छ । बिहिबार वडा अध्यक्ष अर्जुन चन्दको नेतृत्वमा बजार अनुगमन गरिएको हो । बजार अनुगमनमा क्रममा म्याद नाघेका र दर्ता बिना संचालनमा रहेका बिभिन्न सामाग्रीहरु बरामत गरिएको छ । जसमा मदिरा, खाने तेल र भुजा लगायतका खाद्य सामाग्रीहरु बरामत गरि नष्ट गरिएको बाँफिकोट गाउँपालिकाका बजार अनुगमन समितिका संयोजक कविराम खत्रीले जानकारी दिए । उनका अनुसार बजारमा म्याद गएको बस्तु बिक्रि भैरहेको भन्ने सूचना प्राप्त भएकोले त्यसलाई रोकथाम गर्न बजार अनुगमन गरिएको हो । अनुगमनमा बाँफिकोट गाउँपालिका १० नम्बर वडा सचिव अमर खड्का, चन्द्र बहादुर बिक र इलाका प्रहरी कार्यालयका इन्चार्ज कर्ण बहादुर बिक लगायतको सहभागीता रहेको थियो । अनुगमनमा केहि पसल दर्ता नगरिएको भटिएकाले छिटेै दर्ता गरि सञ्चालमा ल्याउन र म्याद गएका सामाग्री बिक्रिबितरण नगर्न निर्देशन समेत दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto