सत्य बहादुर बटाला
रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको बाढी प्रभाबित क्षेत्रमा अनुगमन गरिएको छ । कर्णाली प्रदेश सांसद संसद रातो कामीको पहल पछि जिल्ला भूसंरक्षन कार्यालय रुकुमका सवईन्जिनियर विमल कुमार वेघा नेतृत्वको टोलीले अनुमगन गरेको हो । नगरपालिकाको वडा नम्बर ११ का बाढि प्रभाबित क्षेत्र सिलगाउ खोला, छिपछिपे खोला, निनन्यारी खोला, कईन खोला , सुवा खोला, मंग्रा बास्ने, गौरा खोला, मिछिल्लो मंग्रा, हरेरुख खौला, अमल टाकुरा, सिन्चिउरा ढार कम्द र कमेरी खोली सम्म अनुगमन गरिएको छ ।
अनुगमनमा वडा अध्यक्ष हस्त बहादुर आग्री, वाइसिएल नगर इन्चार्ज दलजित नेपाली, वडा सदस्य भकल गीरी, हेमराज कामी, अनन्त बहादुर बिक, सन्देस बिक र विशाल सार्की लगायतको उपस्थिति रहेको थियो । सर्भे स्टामेट निकालेर कुल लागतको राहत योजना बनाउन प्रदेश सांसद कामीले सरोकारवाला निकायहरुलाई निर्देशन दिएका थिए ।