पन्ध्र दिन हाजिर नभए, जागिर चट !

Byआहा सञ्चार

२०७५ भाद्र १९, मंगलवार १६:४२

डिल्लीबहादुर खत्री

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा शिक्षकहरु पन्ध्र दिन बिद्यालय अनुपस्थित भएमा जागिर खान पाइने छैन् । संघिय शिक्षा ऐन २०७४ र भदौ ७ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार यो कार्यन्वयनमा आएको हो । यो नियम कार्यन्वयनमा आएसँगै शिक्षकहरु बिद्यालयमा अनियमित उपस्थित हुने परिपाटीको अन्त्य हुने बिश्वास लिइएको छ ।
नगर प्रमुख बिशाल शर्माका अनुसार कुनै पनि शिक्षक जानकारी बिना पन्ध्र दिनसम्म बिद्यालयमा हाजिर भएन् भने त्यस्तो शिक्षकलाई जागिरबाट निस्कासन गरिनेछ । ‘बिद्यालयमा अनुउपस्थित भएको जानकारी आउने बित्तिकै बिद्यालयमा उपस्थित हुन निर्देशन दिन्छौं अटेर गरेमा जागिरबाट निस्कासन गर्छौ’ नगर प्रमुख शर्माले भने, ‘त्यस्तै कसैले सट्टा वा खेतला शिक्षक राखेमा पनि खेतला शिक्षक राखेको समयको तलब पनि कटौती गरिनेछ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto