सत्यबहादुर बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११, मा गाडी दुर्घटना भएको छ । आठविसकोट नगरपालिका बाट जाजरकोट रिम्नाका लागी छुटेको ज १ ग ६०४० नम्वरको यात्रु वाहक जिप आठबिसको नगरपालिका कै ११ नम्वर वडाको भेरी खोर भन्ने ठाउँमा दुर्घटना भएको हो । जिपमा सवार ९ जना मध्ये ३ जना घाइते भएका छन । घाइते हुनेहरुमा सानी गाउँपालीका वडा नं ४ की निशा चन्द, आठबिसकोट नगरपालिका वडा नं ८ का टिकाराम विक र आठबिसकोट नगरपालिका वडा नं १४ की सिन्धु मल्ल रहेको बताइको छ । घाइतेहरुको श्रीनगर मोडेल हस्पिटल राडीमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन ।
फेसबुक प्रतिक्रियाहरु
