परिचन्द्र खत्री
रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा रहेका विभिन्न खोलामा पुल नहुँदा यातायात सेवा संचालनमा समस्या भएको छ । बाँफिकोट गाउँपालिका ४ को फलामेगौडा देखि पीपल हुँदै रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ३ पोखरा जोड्ने सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा बर्खायाममा यातायातका साधन संचालनमा समस्या हुने गरेको छ । बाँफिकोट गाउँपालिका ४ को तिल्छा खोला, दुईको पुमाखोलामा पुल निर्माण हुन सकेको छैन् । जसका कारण बर्खायाममा जोखिम मोलेर यातायातका साधान संचालन हुने गरेका छन् । यि दुई खोलामा निर्माण भएका कल्भर्ट चिप्लो हुँदा पछिल्लो समय गाडिले खोला तर्न सकेका छैनन्  । (सम्पादित)

फेसबुकमा प्रतिक्रिया दिनुहोस...