मदन बिसी
रुकुमकोट
रुक्मिनि माबि रुकुमकोटले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरिय मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
भलिबलमा भुमे गाउँपालिका ४, काडामा रहेको जनशक्ति माबि प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सिस्ने गाउँपालिका ५, टाकुरामा रहेको सानि भेरी बोडिङ स्कुलले दोस्रो स्थान र सिस्ने गाउँपालिका ३ पोखरामा रहेको जनता माबिले तेस्रो स्थान हासिल गरेको छ । भदौं १६ गतेदेखि शुरु प्रतियोगितामा रुकुम पुर्बका १५ वटा विद्यालयको सहभाहिता रहेको थियो । प्रथम द्धितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाइ जिल्ला समन्वय समिती रुकुम पूर्बका प्रमुख गजेन्द्र बहादुर ओलीले नगत र प्रमाणपत्र प्रदान गरे ।
विभिन्न विद्यालयका शिक्षक तथा अभिभावकहरु सङग राम्रो परिचयको साथै सुमधुर सम्बन्ध कायम राख्नको लागि मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष केशव चन्द्र समालले जानकारी दिए । पुरस्कार बितरण कार्यक्रममा जिल्ला समन्वय समिती रुकुम पुर्बका प्रमुख गजेन्द्र बहादुर ओलि, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष केशव चन्द्र समाल, पुथा उत्तरगङगा गाउँपालिकाका कार्यकारी प्रमुख रबिन्द्र बुढाथोकी, जिल्ला खेलकुद बिकास समिती रुकुम पुर्बका कोषाध्यक्ष नामेन्द्र सुना, रुक्मिनी माबि रुकुमकोटका साहायक प्राचार्य पन्च बहादुर केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक अनिल आचार्यले गरेका थिए ।
