सन्देस जैसी
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ ढुङेखानी देखि वडा नम्बर ७ को मेलैनाउली सम्मको अबरुद्ध सडक खुलाइएको छ । बर्षातका कारण बिगत २ महिना देखि अबरुद्ध भएको बाटो वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतका स्थानीयहरुको सक्रियतामा खुलाईएको हो । बर्षाका कारण सडकमा आएको पहिरो वडा अध्यक्ष सहितका स्थानीयहरुको सक्रियतामा हटाईएको वडा सचिब वसन्त कुमार पुनले जानकारी दिए । सडक खुलाएसगै आवतजावत सहजता आएको छ । ‘शनिबार कुटो, कोदाली र बन्चरो लगायत अन्य औजारहरु प्रयोग गरि अवरुद्ध सडक खुलाईयो, सानोतिनो समस्यामा बजेट नै हुनुपर्छ भन्ने केहि छैन हामी स्थानीय सबै मिलेर काम गर्न सक्छौं’ वडाध्यक्ष मल्लले भने ।
फेसबुक प्रतिक्रियाहरु
