मदन बिसि
रुकुमकोट
नेपाल शिक्षक महासङघ जिल्ला कार्य समिती रुकुम पुर्बको १ दिने अन्तरक्रिया कार्यक्रम सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागिहरुले विद्यमान शिक्षाका समस्याहरू, शिक्षक तथा कर्मचारी ब्यबस्थापन, भौतिक ब्यबस्थापन, शैक्षिक गुणस्तरसंग सम्बन्धित समस्याहरु, नितिगत समस्या लगायत अन्य समस्याहरु समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन ।

रुकुम पुर्बको शैक्षिक जगत सुधारमा एकरुपता ल्याउन शैक्षिक गुणस्तर सुधार गर्नका लागि स्थानीय भाषा सस्कृितलाई पनि गम्भीर भएर सोचनुपर्ने,समयसापेक्ष हुनुपर्ने र सरोकारवाला निकायले प्रत्येक विद्यालयको नियमित अनुगमन गरिनुपर्नेमा पनि जोड दिईएको थियो । त्यस्तै सहभागि शिक्षकहरुले रुकुम पुर्बले हिमाली जिल्लाको मान्यता पाए पनि आफुहरुले हिमाली जिल्लाका निजामती कर्मचारी सरह तलब भत्ता तथा सेवा सुबिधा पाउन नसकेकाले त्यसको लागि पहल गरि दिन सरोकारवालाहरुसङग माग गरेका छ्न । कार्यक्रमका बोल्दै प्रमुख अतिथी एबम जिल्ला समन्वय समिती प्रमुख गजेन्द्र बहादुर ओलिले राज्यले नै देशभरिका शिक्षकलाई विभेद गरेको र सबैभन्दा बढी विभेद रुकुम पुर्बको शिक्षा क्षेत्र लाई गरिएको बताए । कतिपय शिक्षकहरुले सेवा सुबिधा अनुसारको काम गर्न नसकेको भन्दै त्यस्ता शिक्षकहरुलाइ कार्वाही गरिने पनि उनको भनाई थियो ।

नेपाल शिक्षक महासङघ जिल्ला कार्य समिती रुकुम पुर्बका अध्यक्ष कलु खड्काको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारि बरालको बिशेष उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, शिक्षा बिकास तथा समुन्वय इकाईका तिलक गौतम, लगायत विभिन्न राजनीतिक दलका प्रतीनिधि रुकुम पुर्बका ३ वटै गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुको उपस्तिथि रहेको अन्तरक्रिया कार्यक्रमको संचालन नेपाल शिक्षक महासङघ जिल्ला कार्यसमिति रुकुम पुर्बका सचिब हरि थापाले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto