सर्जना कार्की
रुकुम पुर्व
रुक्मेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १० औ वार्षिक साधारण सभा रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न गरेको छ । रुक्मेणी बचत ऋण तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष वसन्त प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख उपस्थिति रहेको थियो । साधारण सभामा जिल्ला समन्वय समितिका उपप्रमुख भिमकुमारी पुन र सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालको विशेष उपस्थिति रहेको थियो । यसैगरी साधारण सभामा गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढा, वडा नम्बर ६ का वडा अध्यक्ष सुधन रेग्मी, भुमे गाउँपालिका वडा नम्बर ५ का राम कुमार बुढा, रुकुमकोट महिला बहुउद्देश्यीय संस्थाका प्रमुख शुसिला दाहाल, भिजन सहकारी संस्थाका प्रमुख फत्ते वलि, रुकुमकोट बचत तथा ऋण सहकारी संस्थाका प्रमुख दुर्गा बहादुर बुढाथोकी लगायत सम्पुर्ण शेर सदस्यहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि ओलीले दिप प्रज्वलन साथै साधारण सभाको ब्यानर अनावरण गरेर साधारण सभाको उद्घाटन गरे ।
साधारण सभामा संस्थाका अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरे भने व्यवस्थापक चन्द्र बहादुर बुढाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सस्थाको आयतर्फ ११ करोड ४२ लाख ८३ हजार ७ सय ५८ रुपैयाँ रहेको छ भने व्ययतर्फ पनि त्यति रकम नै भएको छ । विगत ९ बर्षदेखि संचालनमा रहेको यस संस्थामा अहिले ९ सय ६ जना सेर सदस्य रहेका छन । रुक्मेणी बचत ऋण तथा सहकारी संस्थाले संसारा मनिट्रान्सफर, हिमाल रेमिट, प्रभु, आईएमई, सिटि एक्सप्रेस, वस्टर्न युनियन गरि ६ खाले सेवा सुविधा दिईराखेको छ । यस संस्था अहिले नाफा तर्फ गईरहेको र यस आर्थिक बर्षमा ४५ लाख ८६ हजार नाफा भएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार कर्मचारीको तलब बृद्धि गर्ने, शेर लाभांश वृद्धि गरिने, पुराना नीतिहरु खारेज गरेर कार्यसमितिले बनाएका नयाँ नितिहरुको लागू गर्ने जस्ता प्रस्तावहरु साधारण सभाले पास गरेको छ । कार्यक्रमका अतिथिहरुले संस्थाको प्रगतिको कामना गरेका थिए । संस्थाका उपाध्यक्ष तिब्र गौतमको स्वागत मन्तव्य रहेको साधारण सभाको सञ्चालन सचिव गोपाल रेउलेले गरेका थिए ।